×

X
Nic Asia
Dabur
Marvel

ओलीको बोली

स्थानीय तहको निर्वाचन टारेर सरकार लुटमारमा लागेको ओलीको आरोप

काठमाडाैं | पुस २६, २०७८

TVS INSIDE
तस्वीरः रासस
British college

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थानीय तहको निर्वाचन टारेर लुटमारमा लागेको आरोप लगाएका छन् । 

IME BANK INNEWS

एमाले संखुवासभा जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले सत्तारूढ दलहरू तोकिएको समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागेको बताएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘सरकार लुटमारमा लागेको छ । स्थानीय तहलाई नेतृत्वविहिन बनाएर कर्मचारीको भरमा चलाउने षड्य​​न्त्रमा लागेको छ,’  ओलीले भने, ‘त्यस्तो २०५९ सालमा पनि भएको थियो । त्यसबेला चुनाव गराइएन । स्थानीय तहहरू जनप्रतिनिधिविहीन भएर भद्रगोल भयो ।’

कानूनअनुसार फागुनमा निर्वाचन हुनुपर्ने तर सरकारले अहिलेसम्म निर्वाचनको लागि कुनै तयारी नगरेको उनले बताए ।


Advertisment
mahindra Box
Saurya island

विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई स्वागत गर्दै उनले एमाले शासनको सहारा लिएर लुटपाट गर्ने पार्टी नभई देश बनाउने पार्टी भएको बताए । 

‘देश बनाउने अभिभारा एमालेलाई छ । त्यो अभिभारा पूरा गर्न नदिने गरी एमालेलाई बाधा व्यवधान खडा गरेका छन्,’ ओलीले भने, ‘एमालेले दुनियाँ हल्लाउने गरी काम गरेपछि अदालतको सहारा लिएर सरकारबाट हटाउने काम भयो ।’

Vianet communication
Maruti inside

अरू पार्टीबाट एमाले प्रवेश गर्नेहरूले सही पार्टी छनौट गरेको समेत उनले बताए । अरू पार्टी कम्युनिष्टको खोल ओढेर प्रतिक्रियावादी काम गर्ने र दक्षिणपन्थीको सेवा गर्ने आडम्बरी सोचको रहेको पनि ओलीले बताए ।

नवप्रवेशीलाई स्वागत गर्दै उनले भने, ‘वामपन्थी खोल ओढेका पार्टीमा साथीहरू अलमल नगर्नुहोस् । एमाले मात्रै परिवर्तन चाहने, देशमा उन्नति, प्रगति चाहने, सामाजिक न्याय र समानता दिने पार्टी हो । वामपन्थी खोल ओढेर प्रतिक्रियावादी काम गर्ने दक्षिणपन्थीको सेवामा समर्पित हुने, कम्युनिष्ट पार्टी फुटाउने, सरकार ढाल्ने र आफूलाई दक्षिणपन्थी खेमामा समाहित गर्ने तत्व र तीनका पार्टीमा नअलमलिन आग्रह गर्छु ।’

एमाले सरकारमा हुँदा किमाथांका सडक बनाउन पहल गरेको उनले बताए । 

‘किमाथांका सडक बनाउन एमाले चाहियो । विकासको लागि त एमाले नै चाहिने रहेछ भन्ने यसले प्रमाणित गरेको छ,’ ओलीले भने, ‘विराटनगरदेखि किमाथांकासम्मको अन्तर्राष्ट्रियस्तरको बाटो बन्दैछ । जुनसुकै मौसममा चल्न सक्ने भएकोले यो बाटोले नेपाललाई चीन हुँदै विश्वसमुदायसँग जोड्छ ।’

TATA Below
NLIC
भदौ १, २०७९

पार्टीको सिद्धान्त विचारभन्दा पनि आआफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि चौधरीले बताएका छन् ।  उनले संविधान र संसदीय व्यवस्था रक्षाका लागि एकै ठाउँमा उभिएका पाँच दल...

भदौ १, २०७९

सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव नआएपछि गठबन्धनले बनाएको कार्यदलको बुधवारको बैठक अनौपचारिक रूपमै सकिएको छ ।  कार्यदलका संयोजक तथा कांग्रेसक नेता कृष्ण सिटौलालाई सिट बाँडफाँटको प्रारम्भिक प्रस्ताव ल्याउ...

भदौ १, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । बुधवारको बैठकमा कार्यदलका संयोजक एवं कांग्रेस नेता कृष्ण सिटौलाल...

भदौ १, २०७९

नेकपा माओवादी केन्द्रले स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने सबै नेताको नाम टुंगो लगाएको छ ।  बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय तहका समितिमा...

भदौ १, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले संसदले एक...

भदौ १, २०७९

बिहीबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि सत्ता गठबन्धन बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए ।  बैठ...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x