बैशाख २८, २०७९
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...
काठमाडाैं | पुस २८, २०७८
काठमाडौं जिल्ला अदालतले नेपाल बंगलादेश बैंकमा रहेको ढाकाको आईएफआईसी बैंकको स्वामित्वमा रहेको ४१ प्रतिशत शेयर चौधरी ग्रूपलाई नबेच्न आदेश दिएको छ ।
एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले शेयर किन्न अप्रिल २०२१ मै स्वीकृति पाइसकेको र करार सम्झौता समेत भइसकेको दाबी गरेका छन् । दुगडसँग करार सम्झौता गरिसकेपछि चौधरीले ग्रूपलाई शेयर बिक्री गर्न गरेको सम्झौताविरुद्ध दुगड १ हप्ताअघि अदालत गएका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले शेयर चौधरीलाई बिक्री गर्ने कार्य नगर्न आदेश दिएको छ । अदालतले शेयर खरिदको विषयमा ७ दिनभित्र विपक्षी नेपाल बंगलादेश (एनबी) बैंकलाई लिखित जवाफ पेश गर्न समेत आदेश दिएको छ ।
दुगडले चौधरी ग्रूपलाई शेयर खरिद गर्न नदिन र आफैैंले खरिद सम्झौता गर्ने भनेपछि २ कर्पोरेट संस्थाबीच टकराव समेत सतहमा देखाएको छ । चौधरी ग्रूप र एमभी दुगड ग्रूपबीच नेपाल बंगलादेश बैंकमा रहेको आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर किनबेच विषयमा विवाद सिर्जना भएको हो । यही विवादको टुंगो लगाउन दुगड ग्रूप अदालत पुगेको हो ।
अदालतले यो शेयर खरिदका विषयमा विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म शेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु/नगराउनु भन्ने आदेश दिएको छ ।
दुगड ग्रूपले नेपाल बंगलादेश बैंकमा रहेको ३ करोड ६८ लाख २७ हजार ३२६ कित्ता शेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले खरिद गर्न ३१ मार्च २०२१ मै सम्झौता गरेको दाबी पेश गरेका छन् । आफूहरूले शेयर खरिद सम्झौता गरिसकेपछि चौधरी ग्रूपलाई नै सोही दरमा शेयर बिक्रीको सम्झौता गरिएको उल्लेख छ ।
यद्यपि चौधरी ग्रूपले खरिद सम्झौता गरेको शेयरको मूल्य सार्वजनिक गरेको छैन ।
सनराइज बैंकमा लगानी गरेको एमभी दुगड ग्रूपले आईसीएफआईसीको स्वामित्वमा रहेको शेयर खरिद गरेर एनबी र सनराइजबीच मर्ज गर्ने तयारी गरेको थियो तर शेयर नबिल बैंकका अध्यक्ष विनोद चौधरीले खरिद गरेर नबिलसँग मर्ज गराउन चाहेका छन् ।
आईएफआईसीले असार २९ गते एनबीमा रहेको आफ्नो संस्थापक शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको थियो । आईएफआईसीको सूचनापछि चौधरी ग्रूपले शेयर खरिदका लागि आवेदन दिएको र ३० डिसेम्बर २०२१ मा एनबीमा रहेको शेयर बेच्न खरिदकर्तासँग सम्झौता भएको थियो । चौधरीले पत्नी सारिकाको नाममा शेयर किन्ने सहमति गरेका थिए ।
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई लिएर विभिन्न किसिमका भ्रम उत्पन्न भएको छ । निजगढमा विमानस्थल बन्नै नहुने भन्ने निर्क्यौल भने गरिएको छैन । जेठ १२ गते सर्वोच्च अदा...
हुम्लाको साविक लिमी गाविसका तत्कालीन गाविस सचिव धर्मराज रोकायाले २ लाख १९ हजार रुपैयाँ भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको छ। सामजिक सुरक्षा भत्ता वितरण गर्दा उक्त र...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वनको रकम हिनामिना गरिएको भन्दै ल...
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय ऋष...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय, प्राविधिक तथा निर्माण व्यवसायीसहित १८ जनाविरुद्ध तीन वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेको छ । विभिन्न ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...