×

NMB BANK
NIC ASIA

बुद्ध एयरको सर्वेक्षण : ९५ प्रतिशत यात्रुले खोप लगाइसके

पुस २९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा हवाई यात्रा गर्नेमध्ये ९५ प्रतिशत यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन् ।

Muktinath Bank

बुद्ध एयरले उडान गरिरहेका गन्तव्यमार्फत गरेको एक सर्वेक्षण अनुसार अधिकांश यात्रुहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१८९५ यात्रुहरुमाथि गरिएको सर्वेक्षणमा १७९३ जना यात्रुहरुले खोप लगाइसकेका छन् । यस अनुसार खोप लगाइसकेका यात्रुहरुको संख्या ९५ प्रतिशत हाराहारी हुन्छ।


Advertisment
Nabil box
Kumari

बुद्ध एयरका पनि सम्पूर्ण कर्मचारीले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

Vianet communication
Laxmi Bank

बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफूहरूले पूर्ण सावधानीका साथ सेवा दिइरहेकाले सेवा निरन्तर हुने बताएका छन् ।

‘पहिलोपटक संक्रमण हुँदा उडान बन्द भएपछि हामीलाई पनि त्रास थियो । जानकारी थिएन । यसमा अध्ययन भएको थिएन। हामीले यसअघि दुईपटक उडान बन्द पनि गरेका छौं। तर अब त्यसरी हुँदैन । हामीसँग तथ्यांक पनि छ । अब हामीसँग अनुभव पनि भएको छ । पूर्ण सावधानीका साथ हामी हवाईसेवा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले भने ।

पहिलो लकडाउनको समयमा बुद्ध एयरले कोरोनाविरुद्ध निर्देशिका बनाएर महिनौं पूर्वअभ्याससमेत गरेको थियो। आफ्ना सबै कर्मचारीलाई विश्व स्वास्थ्य संगठन तथा नागरिक उड्डयन प्राधिकरणको निर्देशिका अनुसार सम्पूर्ण सुरक्षाका उपायका अपनाएर पिपिई, मास्क तथा तालिम प्रदान गरेको थियो। त्यस्तै संक्रमणरहित सरसफाईका लागि फग मेशिन, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका केमिकलको प्रयोग निरन्तर भइरहेको बस्नेतले बताए। उनले हरेक उडानपूर्व जहाजको सरसफाईलाई अनिवार्य बनाएको बताए।

हवाई उडान संक्रमणरहित भएको विभिन्न अध्ययनबाट पनि पुष्टि भएको छ। एटीआर जहाजमा प्रत्येक तीन मिनेटमा पुरानो हावा विस्थापित हुँदै स्वच्छ हावा प्रवाह हुने गरेको छ। हावाको वहाव संक्रमणरहित हुने गरेको एटीआर कम्पनीले पुष्टि गरिसकेको छ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरमा यात्रा गर्ने यात्रुले ढुक्क भएर यात्रा गर्न पाउने दाबी गरेका छन्। ‘हाम्रो उडान संक्रमणरहित छ, यहाँहरू ढुक्कका साथ उडान गर्नसक्नुहुन्छ’, उनले भने।

त्यसैगरि यात्रुहरुले पनि कोभिडविरुद्धको प्रोटोकलअनुसार सहयोग गर्न उत्तिकै अनिवार्य रहेको बस्नेतले बताए ।

सुरक्षा चेकजाँचदेखि ब्यागेज नबुझेसम्म यात्रा अवधिभर मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ। त्यस्तै नियमित अन्तरालमा सेनिटाईजको प्रयोग गरिराख्नुपर्ने बुद्ध एयरले विज्ञप्तिमार्फत यात्रुहरुलाई अनुरोधसमेत गरेको छ ।

बुद्ध एयरले गरिराखेको सर्भेक्षणको नतिजा हरेक साता प्रकाशित गर्ने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x