×

NMB BANK
NIC ASIA

यस्तो छ चुच्चे नक्शा अंकित २ रूपैयाँको सिक्का

पुस ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैंकले शुक्रवारबाट नेपालको चुच्चे नक्शा अंकित नयाँ दुई रूपैयाँको सिक्का बजारमा पठाएको छ । 

Muktinath Bank

राष्ट्र बैंकले साविककै आकार र रंगमा पुरानो नक्शालाई विस्थापन गरेर सातै प्रदेशसहित चुच्चे नक्शा पनि समावेश गरेको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले जारी गरेको दुई रूपैयाँको सिक्का चलनचल्तीमा ल्याउने सूचनासँगै नक्शामा लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका भूभाग समेटिएको नक्शासहितको सिक्का प्रयोगमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सातै प्रदेश समावेश भएको उक्त नक्शासहितको सिक्का पहिलोपटक चलनचल्तीमा ल्याइएको हो । 


Advertisment
Nabil box
Kumari

राष्ट्र बैंकका अनुसार यो सिक्का दृष्टिविहीनले पनि स्पर्श गरेर सजिलै पहिचान गर्न सक्ने बनाइएको छ । यसका लागि राष्ट्र बैंकले नक्शाको ठीक माथिपट्टि दायाँतर्फ फरक क्षमता भएका दृष्टिविहीनहरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला राखेको जानकारी दिएको छ ।

Vianet communication
Laxmi Bank

सिक्काको अग्रभागमा सात प्रदेशको सिमानासहितको चुच्चे नक्शा छ । वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस. टू तल्लो भागमा देवनागरी लिपिमा दुई रूपैयाँ लेखिएको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

सिक्काको पृष्ठभागमा पनि वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्लाहरू छन् । आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति रहेका छन् ।

सिक्काको बीच भागमा जानकी मन्दिरको आकृति र सो आकृतिको मुनि देवनागरी लिपिमा जानकारी मन्दिर लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ लेखिएको पनि राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x