असार २२, २०७९
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैज...
काठमाडाैं | माघ १, २०७८
ब्राजिलले ५ देखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान शुरू गरेको छ ।
यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले ५ देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।
यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ । नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् ।
यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताएका छन् ।
ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान शुरू भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् । -रासस/एएनआई
अफगानिस्तानमा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगका कारण ५० भन्दा बढी बालबालिका बिरामी भएको अधिकारीहरूले जनाएका छन् । देशको दक्षिणी क्षेत्रमा पर्ने जाबुल प्रान्तमा रोग फैलिएको हो । रोगको लक्षण हैज...
चीनले हाइपरसोनिक विमानको सफल विकास तथा परीक्षण गरेको छ । यो संसारको पहिलो हाइपरसोनिक विमान हो । यसलाई विकसित गर्ने चिनियाँ विश्वविद्यालयलाई अमेरिकाले प्रतिबन्ध लगाएको थियो । त्यसले गर्दा ...
भारत विहारका मुख्यमन्त्री नीतिश कुमारले राष्ट्रिय जनता दल (आरजेडी)का प्रमुख लालुप्रसाद यादवलाई भेट्न अस्पताल पुगेका छन् । बिरामी यादवलाई भेट्न बुधवार मुख्यमन्त्री कुमार पट्नाको पारस हस्पिटल पुगेका हुन् ।&n...
आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ । सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको...
पूर्वी युक्रेनमा लगातार युद्ध हार्दै गएको युक्रेनमा सरकार र सेनाबीचको द्वन्द्व चर्किन थालेको छ । सेभेरोडोनेत्स्क र लिसिचान्स्क शहरलाई नियन्त्रणमा लिएर रुसले लुगान्स्क क्षेत्रलाई युक्रेन सरकारको पकडबाट मुक्त गर...
फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...