जेठ ११, २०७९
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वनको रकम हिनामिना गरिएको भन्दै ल...
सर्वोच्च अदालतले परम्परागत नेपाली वर्णविन्यास परिवर्तन खारेजको माग गर्दै परेको रिट निवेदनलाई विशेष अग्राधिकारसहित सुनुवाइ गर्दै सक्कल कागजात झिकाउन आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायधीशद्वय दीपक कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
२०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले गरेको निर्णय झिकाउन आदेश जारी भएको हो ।
पूर्ण इजलासमा छलफल गर्ने निर्णय सुनाएको छ । रिट दर्ता भएको पाँच वर्षपछि अदालतले सरकारको नाममा सो आदेश जारी गरेको छ ।
प्रचलित वर्णविन्यासको अस्तित्व मेट्ने गरी सरकारले गरेको निर्णय र सो अनुरूप तयार भएका पाठ्यक्रम खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा २०७३ भदौ २४ गते रिट दर्ता भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र नेपाल प्रज्ञा प्रतिष्ठानलाई विपक्षी बनाएर पत्रकारद्वय स्वागत नेपाल र टपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आइतवार सुनुवाइ गर्दै सरकारले गरेको निर्णयको सक्कल फाइल झिकाउने आदेश जारी भएको हो ।
भाषाजस्तो संवेदनशील विषयमा भाषा आयोगको सिफारिसमा मात्र निर्णय गर्नुपर्ने लगायतको संवैधानिक र कानूनी प्रावधान उल्लंघन गरेको भन्दै मन्त्रीस्तरीय निर्णय र निर्णयअनुसार विद्यालयमा लागू पाठ्यपुस्तक वितरणमा रोक लगाउनु पर्ने रिट निवेदकको माग छ ।
पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २२ साउन २०६९ मा अभ्यासमा रहेको वर्ण विन्यास संशोधनको निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा परिमार्जित वर्णविन्यासअनुसार नेपाली शब्दकोश बन्नुका साथै विद्यालय तहमा कक्षा ९ सम्मको नेपाली विषयको पाठ्यक्रममा परिवर्तन गरी अध्ययन अध्यापन गराउन थालेपछि भाषा बहस चर्किएको थियो ।
सर्वोच्चमा रिट परेपछि भाषाविदहरूले पाँच वर्षदेखि अदालतको आदेश कुरिरहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सन्तोषकुमार लावतीसहित ५ जना पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । वनको रकम हिनामिना गरिएको भन्दै ल...
तनहुँको व्यास नगरपालिकामा स्वतन्त्रबाट मेयर लडेका दीपकराज जोशीले पुनः मतगणनाका लागि दिएको मुद्दामा उच्च अदालत पोखराले निर्वाचन आयोगलाई लिखित जवाफ पेश गर्न आदेश गरेको छ । उच्च अदालत पोखराका न्यायाधीशद्वय ऋष...
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सिन्धुलीले एक जना कर्मचारीको बढुवा सिफारिस गरेको छ । कोलेनिका सिन्धुलीले नेपाल प्रशासन, लेखा समूह, रा.प. अनं. द्वितीय श्रेणीको सह लेखापाल भरतराज भट्टराईलाई बढुवा...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सन्दर्भमा नेपाल सरकारले गरेका सबै निर्णयहरू बदर गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाश...
स्थानीय तह निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले बिहीवार जारी गरेको सूचनामा वैशाख ३० गतेदेखि आ...
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको बैठकमा सर्वोच्च अदालतमा भएक...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...