×

NMB BANK
NIC ASIA

स्वास्थ्यमन्त्री खतिवडा भन्छन्- स्थानीय तहको निर्वाचन मिति ४-५ दिनमै घोषणा हुन्छ

माघ ३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले ४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन् । 

Muktinath Bank

समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोगले माघको पहिलो हप्ताभित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ । 


Advertisment
Nabil box
Kumari

मन्त्री खतिवडाले अहिलेको सरकार चुनावबाट नभागेको समेत बताएका छन् । तीनै तहको चुनाव एकैपटक गराउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले प्रदेश र संघको चुनावको मिति पछि मात्रै तोकिने बताए । 

Vianet communication
Laxmi Bank

मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विशेष डेस्क सञ्चालन गरी नियमित खोप सञ्चालन गरिएको बताए ।

चैत महिनाभित्र १८ वर्षमाथिका लक्षित समूहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै उनले सो समयमा लक्ष्य प्राप्ति गर्ने समेत दाबी गरे । 

सरकारसँग पर्याप्त खोप भए पनि नागरिकले खोप नलगाएको भन्दै अब जनचेतनाका कार्यक्रमलाई समेत अगाडि बढाउने उनले बताए । मन्त्री खतिवडाले १८ वर्षमाथिका लक्षित समूहका ६० प्रतिशतले मात्र पूर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो मात्राको खोप लगाएको दाबीसमेत गरे । 

मन्त्री खतिवडाले कोभिडविरुद्ध खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार जुटेको दाबी गरेका छन् । 

विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउने गरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरेर रकमको समेत जोहो गरिसकेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x