बैशाख २५, २०७९
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् । एमाल...
काठमाडाैं | माघ ४, २०७८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताएका छन् ।
लोकान्तर डटकमसँगको अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताएका हुन् ।
‘विभिन्न कारण देखाएर चुनाव सार्न खोजियो भने त्यो संविधानको अपव्याख्या हुन्छ । हामी त्यसो हुन दिनेछैनौं । कांग्रेस वैशाखमा चुनाव गर्ने पक्षमा छ । गठबन्धनलाई पनि त्यसअनुसार तयार गरिन्छ’, महामन्त्री थापाले भने ।
गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उनले बताए ।
‘प्रधानमन्त्री वैैशाखमा स्थानीय तहको चुनाव गर्ने कुरामा स्पष्ट हुनुहुन्छ । मैले भर्खरै उहाँसँग चुनाव र सरकारको कामको बारेमा विस्तृतमा छलफल गरेको छु । कांग्रेसकै कारण चुनाव सर्छ भन्ने कुरामा सत्यता छैन । त्यो हावादारी हो’, थापाले लोकान्तरसँग भने ।
स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताए ।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उनले बताए ।
यसअघि प्रधानमन्त्री देउवा कांग्रेसको महाधिवेशन सम्पन्न गराउन लाग्नुभएकाले सरकारको काममा कम ध्यान गएको र आगामी दिनमा देउवाले पार्टीभन्दा बढी सरकारको काममा ध्यान दिने थापाले बताए ।
‘हामीले एक दुई घण्टा मात्रै पार्टी सभापति बन्नुहोस्, १८/२० घण्टा प्रधानमन्त्री भइदिनुहोस् भनेका छौं । अबको केही सातामा प्रधानमन्त्रीको काम गर्ने शैली, तरिका बदलिनेछ भनेर अपेक्षा गरेर बसेको छु’, थापाले अन्तर्वार्तामा भने ।
अहिलेको जटिल परिस्थितिमा सरकार जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन भन्नेकुरा प्रधानमन्त्रीले ख्याल गर्नुपर्ने थापाले बताए । अबको केही दिनमा प्रधानमन्त्रीको कार्यशैली फेरिने पनि थापाले बताए ।
‘त्यसका योजना बनेका छन् । प्रधानमन्त्रीले गरेको कामको बारेमा जनताले थाहा पाउनुपर्छ भनेर देशवासीको नाममा सम्बोधन गर्ने लगायतको योजना बनेको छ’, उनले भने ।
आगामी दिनमा पार्टी सञ्चालनका क्रममा सभापतिसँग सहकार्य र संघर्ष दुवै हुने थापाले स्पष्ट पारे ।
उनले भने, ‘पार्टी सभापतिसँग कतिपय ठाउँमा सहकार्य होला, कतिपय ठाउँमा संघर्ष पनि होला, उहाँलाई मैले इन्करेज नै गर्ने हो । सभापतिले विवेक पनि पुर्याउनुभयो, न्याय पनि गर्नुभयो भन्ने अवस्था बनोस भन्ने मेरो चाहना छ ।’
हेर्नुहोस्,करेन्टअफेयर्सका लागि लोकान्तर डट्कमका सम्पादक विमल गौतमले कांग्रेस महामन्त्री थापासँग लिएको अन्तर्वार्ता :
२०७४ को स्थानीय तह चुनावमा खुलेर प्रचारसमेत गर्न नपाएको नेकपा एमालेले अहिले जनकपुर उपमहानगरपालिकामा सशक्त चुनावी प्रचार गरिरहेको छ । शहरदेखि गाउँसम्म एमालेको झण्डा र चुनाव चिह्न फहराइएका छन् । एमाल...
जनता समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले गठबन्धनका घटक दलहरूबाट जसपाका उम्मेदवारलाई हराउनका लागि राजनीतिक षड्यन्त्र र बेइमानी भएको आरोप लगाएका छन् । लोकान्तरसँगको अन्तर्वार्तामा उनले गठब...
राजनीतिक र औद्योगिक शहरका रूपमा चिनिएको १ नम्बर प्रदेशको राजधानी विराटनगरले २०७९ वैशाख ३० गते भएको निर्वाचनबाट लामो राजनीतिक पृष्ठभूमि बोकेको परिवारका नागेश कोइरालालाई मेयर बनाएको छ । विराटनगरको बागडोर ...
कोशीपारि पूर्वको प्रमुख शहर इटहरीमा चुनावी सरगर्मी बढिरहेको छ । इटहरी उपमहानगरपालिकाको मेयर पदका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा छ । नेकपा एमालेले याम सुब्बालाई मेयर पदमा उठाएको छ । लामो समय पार्टी स...
देशको राजधानी शहर रहेको काठमाडौं उपत्यका भित्रको दोस्रो ठूलो महानगर ललितपुरको मेयरका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन चुनावी प्रतिस्पर्धामा छन् । २०७४ सालको प्रतिस्पर्धात्मक निर्वा...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विराटनगर महानगरपालिकामा आफ्नो उम्मेदवार जिताउने भरमग्दुर प्रयासमा छन् । नागेश कोइरालाई उम्मेदवार बनाउन सम्पूर्ण शक्ति लगाएका कोइरालाई विराटनगरमा जीत निकाल्नु पार्टीभित्रै...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...