पुस ७, २०८०
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...
अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको छ । दराजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बियार्के मिक्केलसेनले लिन्क्ड इनमाले यो खबर घोषणा गरेका थिए।
'नेपाली जनताका लागि विश्व–स्तरीय अनलाइन सपिङ अनुभव सिर्जना गर्ने धेरै प्रतिभाशाली पेसेवरहरूको समूहको नेतृत्व गर्ने यो अवसरको लागि म विशेषाधिकार र सम्मानित महसुस गर्छु। नेपाली इ–कमर्स उद्योगमा दराजको द्रुत बृद्धि र प्रभाव टाढाबाट पनि स्पष्ट देखिन्छ। यसरी, म दराज नेपाललाई घरायसी नाम र हाम्रा सबै ग्राहकहरूको किनमेल आवश्यकताहरूको लागि वान–स्टप समाधानको रूपमा स्थापित गर्नमा भाग लिन पाउँदा धेरै उत्साहित महसुस गर्छु। डरजियनको रूपमा, हामी हाम्रो बलियो मूल्यमान्यताहरू र कमर्सको शक्ति मार्फत हाम्रा समुदायहरूलाई उत्थान गर्ने उद्देश्यले तिर लाग्ने कार्य जारी राख्नेछौं,' आँचलले भनिन्
नेपालमा जन्मिएकी आँचलले कार्लसन स्कुल अफ म्यानेजमेन्टबाट एम बि ए ,गणित र अर्थशास्त्रमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनेसोटाबाट बि एस सकाएर १३ वर्ष युएस कर्पोरेट क्षेत्रमा काम गरिन् । यो अवधिमा, उनले कार्लसन वागोनलिट ट्राभल र इ–कमर्स अग्रगामी, अमेजन जस्ता विभिन्न प्रमुख कम्पनीहरूमा काम गरिन्, जहाँ उनले स्वीडेन, पोल्याण्ड, साउदी अरब र इजिप्ट जस्ता नयाँ बजारहरूमा कम्पनी स्थापना गर्न सहयोग गरिन्।
अमेरिकामा लामो र सफल करियरपछि कम्पनीले बृद्धिको नयाँ चरणमा प्रवेश गरेको बेला आँचलले दराज नेपालको नेतृत्व गर्दैछिन् । यो पनि यस्तो समयमा छ जब कम्पनीको रिब्रान्डिङ हुँदैछ ।
उनको नियुक्तिसँगै दराजका सबै अपरेटिङ देशहरूमा अब स्वदेशी प्रबन्ध निर्देशक (एमडी)हरू रहेको कम्पनीले जनाएको छ ।
दराज समूहका सीईओ र संस्थापक, बियार्के मिक्केलसेनले भने, 'हामी हाम्रो विकासको अर्को चरणमा अघि बढ्दै गर्दा, हाम्रो ध्यान हाम्रा ग्राहकहरू र बिक्रेताहरूसँग जोड्ने भावना सिर्जना गर्ने हो। म, आँचल र हाम्रा अन्य देशका एमडीहरूसँगै काम गर्न तत्पर छु, हाम्रा प्रयोगकर्ताहरूका लागि थप खोजी र व्यक्तिगत अनुभवहरू सिर्जना गर्नका लागि उनीहरूले उनीहरूको स्थानीय परिप्रेक्ष्य, अनुभव र अन्तरदृष्टिहरू हाम्रो व्यवसायलाई अगाडि बढाउन जारी राख्न सहयोग पुर्याउनेछन्।'
वर्तमान एमडी लिनो अहलेरिङले सिङ्गापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सरुवा भएपछि आँचलले पदभार ग्रहण गर्नेछिन्।
अहलरिङले भने, 'दराजका लागि यो निकै रोमाञ्चक समय हो। विगत ३.५ वर्षमा देशमा इ–कमर्स निर्माण र यस उद्योगको जग बसाल्नु ठूलो सम्मानको कुरा हो। हामीसँग ७५० भन्दा बढी डरजियनसको उत्कृष्ट टोली छ र सामान्यतया दराज र ई–कमर्सको भविष्य अत्यन्त उज्ज्वल हुने छ। म दराज समूह भित्र रहनेछु, यो व्यवस्थापनको मामलामा एक धेरै सहज संक्रमण हुनेछ। आँचलको नेतृत्वमा दराजले अझ ठूलो उचाइमा पुग्नेमा म विश्वस्त छु र यही भन्दै म उनलाई र सम्पूर्ण दराज नेपालको टोलीलाई शुभकामना दिन चाहन्छु।'
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थ...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ । उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौन...
३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । बिहीवार आयोजित कार्यक्रममा कजरिया...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...