जेठ ११, २०७९
इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना मैदान बाहिर रहने भएका हुन् । सिरी ए च्याम्पियन मिलान...
पोखरामा शुरू भएको २०औं आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २–० ले हराउँदै विभागीय टीम एपीएफले विजयी यात्रा शुरू गरेको छ ।
दर्शक विना खेलाइएको खेलमा एपीएफको जीतका लागि आवास लामिछाने र प्रदीप लामाले समान १–१ गोल गरेका छन् ।
खेलको १३औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । युरोपियन फूटबल खेलको अनुभव बटुलेका लामिछाने प्रतियोगिताको पहिलो गोलकर्ता पनि बनेका छन् ।
खेलको शुरूआतमै १ गोलले पछि परेको पहिलो हाफको सम्पूर्ण समय दबाबमा रहेका थियो । निर्धारित पहिलो हाफमा १–० ले अग्रता लिएको एपीएफले दोस्रो हाफको पनि शुरूआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो ।
खेलको दोस्रो हाफ ५९औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोलमा परिणत गरेका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् ।
मोफसलकै चर्चित फूटबल प्रतियोगिताका रूपमा लिइएको आहा रारा गोल्डकपको यस वर्षको संस्करण दर्शक विना नै भइरहेको छ । कोरोना महामारीका कारण प्रशासनले भीडभाड गर्न रोकेकाले दर्शक विनै प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको दोस्रो खेल शुक्रवार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । १० वटा टीम सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना मैदान बाहिर रहने भएका छन् । घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना मैदान बाहिर रहने भएका हुन् । सिरी ए च्याम्पियन मिलान...
इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो । अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको ...
इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गर्ने पक्का भएको छ । एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो । एस्टनले सेन्टर ब्याक कार्लोस अनुबन्धका लागि सेभियासँग सह...
पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले जानकारी दिए । ...
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्...
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल एसोसियनले बुधबार मैत्...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...