जेठ १३, २०७९
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख ...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार ३३.०३ अंकले उकालो लागेर २ हजार ९३१.३४ मा पुगेको छ ।
साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा वृद्धि भएको हो ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ५४३.७४ मा पुगेको छ ।
कूल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड ८ लाख ८० हजार बराबर पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.०२ र सामूहिक लगानी कोष ०.०२ अंकले ओरालो लागेको छ । व्यापार ४४.७९, होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत् ७६.४२, वित्त ७७.४७, निर्जीवन बीमा २७०.१, उत्पादन ३१.४८, अन्य ११.३९, लघुवित्त ६०.१८, जीवन बीमा ४६२.४ र लगानी १.९६ अंकले उकालो लाग्यो ।
कारोबारका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । अपि पावर कम्पनी १८ करोड ४७ लाख २४ हजार ९७६, शिखर इन्स्योरेन्स १७ करोड ६७ लाख ६५ हजार ६२७, अरुण भ्याली हाइड्रोपावर १६ करोड १० लाख ९० हजार १६८ र नेपाल दूरसञ्चार कम्पनी १५ करोड ६७ लाख ५३ हजार २५९ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा पर्न सफल भए ।
नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.७९ प्रतिशतले कमाए ।
आईसीएफसी फाइनान्सको ऋणपत्र ४.३९, बोटलर्स नेपाल तराई १.८४, एनएमबी हाइब्रिड फण्ड एक १.६१, नयाँ सारथी लघुवित्त १.६० र सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख ...
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २०७८ पुस २ गतेको विज्ञापन अनुसार विभिन्न पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालनका लागि समय र परीक्षा केन्द्र समेत तोकिसकेको...
आगामी आर्थिक वर्षको बजेट आउने साताको अन्तिम दिनको कारोबारमा शेयर बजार १५.८२ अंकले घटेको छ । चुनावी परिणाम करीब सकिएको र आगामी आर्थिक वर्षको बजेट तयारी भइरहँदा शुक्रवार भएको शेयर कारोबार ०.७१ प्रत...
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ४३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही...
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको...
नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा. शंकरप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीवार आयोजित ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...