जेठ १२, २०७९
आईपीएल २०२२ को प्लेअफमा पञ्जाब किंग्स पुग्न नसकेपछि त्यस टीमका खेलाडी शिखर धवन आफ्ना पिताको आक्रोशको शिकार बनेका छन् । प्रतियोगिताबाट बाहिरिएपछि घर पुगेका धवनलाई उनका पिताले लात्ती र मुक्का हिर्काएका हुन् । ...
सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले आजदेखि पोखरामा सुरु भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा गोल्ड कप’ फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
पोखरा रङ्गशालास्थित फुटबल रङ्गशालामा आज सम्पन्न उद्घाटन खेलमा विभागीय एपीएफले आयोजक सहारा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एपिएफले खेलको पहिलो तथा दोस्रो हाफमा एक÷एक गोल गर्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।
खेलको १४औँ मिनेटमा एपीएफका आभास लामिछानेले गोल गर्दै खेलमा अग्रता बनाए । नविन लामाले पेनाल्टी क्षेत्रभित्र उपलब्ध गराएको बललाई दोस्रो बार च्याप्दै लामिछानेले हानेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६०औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै अग्रता दोब्बर बनाए । रवि तामाङको प्रहार विपक्षी खेलाडीले ‘डिबक्स’ भित्र क्लियर गर्न नसकेको अवस्थामा लामाले बललाई पोष्टको दिशा दिए । ‘ए डिभिजन’ क्लब सातदोबाटोका अधिकांश खेलाडीसहित मैदान ओर्लिएको आयोजक सहारा खेलमा गोलका अवसर सिर्जना गर्न नसक्दा पहिलो खेलमै पराजय बेर्होन बाध्य बन्यो ।
सहारालाई पराजित गरेको एपीएफले अब क्वार्टरफाइनलमा अमेरिकाको बीवाइएससी मिनेसोटा विरुद्ध खेल्नेछ । खेलमा एपिएफका नवीन लामा ‘प्लेयर अफ दी म्याच’ घोषित हुँदै नगद रु आठ हजार र ट्रफी पुरस्कार प्राप्त गरे।
“खेलकुद विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मस्र्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, विवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता छन् ।
आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने बताइन्छ ।रासस
आईपीएल २०२२ को प्लेअफमा पञ्जाब किंग्स पुग्न नसकेपछि त्यस टीमका खेलाडी शिखर धवन आफ्ना पिताको आक्रोशको शिकार बनेका छन् । प्रतियोगिताबाट बाहिरिएपछि घर पुगेका धवनलाई उनका पिताले लात्ती र मुक्का हिर्काएका हुन् । ...
इंग्लिस क्लब लिड्स युनाईटेडले युवा विंगर ब्रेण्डन आरोनसनलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो । अमेरिकन विंगर ब्रेण्डनले लिड्ससँग पाँच वर्षको ...
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ मा महेन्द्रनगर क्रिकेट क्लब र दाङको देउखुरी वारिसर्य क्रिकेट क्लब विजयी भएका छन् । आज भएको पहिलो खेलमा महेन्द्रनगर क्रिकेट क्लबले बुङ्...
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । दुवै खेल कतारको दोहामा हुने छन् । एएफसी एसियन कप छनोट अघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल एसोसियनले बुधबार मैत्...
इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गर्ने पक्का भएको छ । एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो । एस्टनले सेन्टर ब्याक कार्लोस अनुबन्धका लागि सेभियासँग सह...
सूर्य नेपाल गल्फ टुर २०२१-२२ को आठौं र सिजन समाप्त हुने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो राउण्डपछि शुक्रबहादुर राईले निरज तामाङमाथि एक-स्ट्रोकको अग्रता लिएका छन् । सुक्रले १६ अन्डर २०० को कुल स्को...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...