×

NMB BANK
NIC ASIA

कर्मचारी नै राखेर अनलाइन जुवा, १२ जना पक्राउ

माघ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अनलाइनमार्फत् जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Muktinath Bank

पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका-६ चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय २ जना किशोर, २७ वर्षीया कविता थापा, ३० वर्षीय रबिन खड्का, सोही नगरपालिका-१० कीर्तिपुर बस्ने ४५ वर्षीय बुद्ध महर्जन,  सोही नगरपालिका-८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, सोही ठाउँ बस्ने १९ वर्षीय साहिल महर्जन छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै कीर्तिपुर नगरपालिका-१० बस्ने १९ वर्षीया हनिशा महर्जन, सोही नगरपालिका-९ नगाउँ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत,  काठमाडौं कीर्तिपुर बस्ने बझाङ केदारसिउ गाउँपालिका-५ घर भएका १९ वर्षीय बिनोद ठगुन्ना र काठमाडौं कीर्तिपुर बस्ने सिन्धुपालचोक मेलम्ची नगरपालिका-१३ घर भएकी १७ वर्षीया किशोरी रहेको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कीर्तिपुर नगरपालिका-६ चोभार, सोही नगरपालिका-९ नगाउँ र सोही नगरपालिका-१० बागभैरवस्थित विभिन्न घरहरूमा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

काठमाडौं कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइन जुवा खेलाउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले विभिन्न घरतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उक्त जुवा खेलाउन प्रयोग हुने १४ थान ल्यापटप, १७ थान मोबाइल,  कम्प्युटर मोनिटर २ थान, राउटर ३ थान, गेमिङ विवरण लेखिएका रजिस्टरहरू र २ थान बोर्ड लगायतका उपकरणहरूसहित उनीहरूलाई पक्राउ गरेको उनको भनाइ छ । 

पक्राउ परेकामध्ये  सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउनका लागि २४ सै घण्टा सिफ्टवाइज रुपमा अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू नै राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

त्यसरी खटिएका कर्मचारीहरूले फेसबुक आइडीमार्फत् अमेरिकी तथा युरोपियन नागरिकहरूलाई साथी बनाई जुवा, फायर कायिरिङ, रिभर सुइप्स, रिभर मन्सटर, भेगास एक्सलगायतका अनलाइन जुवा खेल्न लिंक शेयर गरी उक्त गेममा अमेरिकी डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको धनराशी समेत पुरस्कारको रुपमा दिने प्रहरीले जनाएको छ । 

करीब १० महिना अगाडिदेखि महिनाको करीब एक लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको उक्त महाशाखाले जनाएको छ ।  

उनीहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x