असार २०, २०७९
जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् ...
काठमाडाैं | माघ ७, २०७८
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसमा आबद्ध नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन शुरु गरेको छ ।
शुक्रवार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीहरूले काठमाडौंको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका स्थानमा भेला भई पेट्रोलियम पदार्थसहितको दैनिक उपभोग्य वस्तुहरूमा वृद्धि गरिएको मूल्य तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
त्यसक्रममा उनीहरूले मूल्य वृद्धिको विरोधमा हस्ताक्षर संकलन पनि गरेका छन् । मूल्य वृद्धिको चर्को मारमा परेपछि त्यसको विरोधमा हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको र त्यो छिट्टै सरकारलाई बुझाउने नेपाल विद्यार्थी संघ, प्राविधिक विद्यार्थी परिषदका अध्यक्ष आदर्श मल्लले जानकारी दिए । उनले कोरोना संकटमा पनि सरकारले दैनिक उपभोग्य वस्तुहरूको चर्को मूल्य वृद्धि गरेकाले त्यसको विरोध गर्नुपरेको स्पष्ट पारे ।
विरोध प्रदर्शनमा नेपाल विद्यार्थी संघ, अस्कल क्याम्पसका इकाइ समिति, नेपाल कमर्श क्याम्पसका इकाइ समिति, कोटेश्वर बहुमुखी क्याम्पसका इकाइ समिति र प्राविधिक विद्यार्थी परिषदले नेतृत्व लिएका छन् । उनीहरूले मूल्यवृद्धि खारेज गर्ने आफूहरूको अभियानमा साथ दिन आह्वान गर्दै ‘मूल्य वृद्धि खारेज गर’ लेखिएको मास्कसमेत सर्वसाधारणलाई वितरण गरेका थिए ।
नेपाल आयल निगमले गत बुधवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ, डिजेल तथा मट्टितेलमा पनि ३ रूपैयाँ मूल्य बढाएको छ ।
यसले अन्य दैनिक उपभोग्य वस्तुहरूको समेत मूल्यवृद्धि भएको भन्दै त्यसको विरोधमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । भौतिक पूर्वाधार मन्त्री इस्तियाक राई, वन मन्त्री प्रदीप यादव र कृषि मन्त्री मृगेन्द्र सिंहले सोमवार शपथ लिएका हुन् ...
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ। आइतवारदेखि शुरू भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू आफ्नो धारणा राखेका छन्। आइतवार अध्यक्ष पुष्पकमल दाहाल...
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गरिरहेका छन्। सोमवार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले सम्वोधन गरिरहेका छन् । दिउसो झण्डै साढे १ बजेबाट सम्वोध गरेका ओलीले स...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले छिमेक सम्बन्धमा एमाले कसैको नजिक र कसैको टाढा नरहेको बताएका छन्। आफूहरू सन्तुलित छिमेक नीतिको पक्षमा रहेको ओलीले बताए । सोमवा...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सत्ता गठबन्धन देशका लागि अभिसाप भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा सोमवार सम्बोधन गर्दै ओलीले गठबन्धन राजनीतिक र ...
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ सर्वसम्मतले सोमवार पारित गरेको छ । उपमहानगरपालिकाको स...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...