×

NMB BANK
NIC ASIA

मसला उद्योगलाई मरिच अभाव, कच्चा पदार्थ सकिँदा उद्योग बन्द हुने चिन्ता

माघ ७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा सञ्चालनमा रहेको दर्जनौं मसला उद्योगले मरिच अभाव भएको भन्दै आयात खुलाउन माग गरेका छन् ।

Muktinath Bank

मसला उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थको रूपमा प्रयोग हुने कालो मरिच नहुँदा मसला उत्पादन बन्द हुँदै उद्योग नै बन्द हुनसक्ने चिन्ता सम्बन्धित उद्योगीले गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मसला उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव भएकाले तत्काल आयात गर्न अनुमति दिनुपर्ने र मातहतका मन्त्रालयलाई सिफारिश गरिदिन माग गर्दै ५/७ उद्योगीले उद्योग विभागमा निवदेन नै दिएका छन् । 


Advertisment
Nabil box
Kumari

उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीका अनुसार उद्योगीले आवश्यक कच्चा पदार्थ (मरिच) अभाव भयो भनेर निवेदन दिएका छन् । उद्योगीको निवेदनपछि विभागले यसको समस्या समाधान गर्न उद्योग मन्त्रालयलाई नै पत्र पठाएको पराजुलीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

नेपालमा ६ महिनादेखि मरिच आयात भएको छैन । मसला उद्योगको लागि आवश्यक मरिच नहुँदा उत्पादन नै घट्ने र अभाव कायम नै रहिरहने हो भने उद्योग बन्दै हुनसक्ने चिन्ता उद्योगीको छ । 

यसका लागि सरकारले बेलैमा सहजीकरण गरिदिनुपर्ने नेपालमा सबैभन्दा बढी मरिचको खपत गर्ने एक मसला उद्योगीको भनाइ छ । 

उत्पादनको करीब ६० देखि ७० प्रतिशतसम्म मसला आफ्ना उत्पादन निर्यातसमेत गर्ने उक्त उद्योगले सरकारलाई आवश्यक कच्चा पदार्थ आयातमा सहजीकरण गर्न माग गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक २०७८/७९ वर्षको दुई महिनामा ११ लाख ६९ हजार ३४३ केजी मरिच आयात भएको छ । यस्तो मरिचको आयात मूल्य ५३ करोड ६३ लाख रुपैयाँ छ ।

त्यसपछि चार महिनादेखि हालसम्म मरिच आयात भएको छैन ।

नेपालको एउटै उद्योगले वर्षको ७ लाख केजी मरिच प्रयोग गर्ने भएकाले पनि थप मरिच आयात गर्न पाउनुपर्ने उद्योगीको दाबी छ । मरिच सकिएकाले उद्योग चलाउनका लागि तत्काल आयात खुलाउनुपर्ने उद्योगीको माग छ ।

मरिच आयात खुलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभागकै प्रस्तावअनुसार प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी दिएको छ ।

आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद्बाट हुनुपर्ने भएकाले मन्त्रालयले प्रस्ताव गरेपनि निर्णय भएर भने आएको छैन ।

उद्योगमा आवश्यक कच्चा पदार्थ अभाव भयो त्यो खुलाइदिनुपर्‍यो भन्ने माग आएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

रेग्मीले भने, ‘मरिच नेपालमा उत्पादन हुँदैन । नेपालमा उत्पादन नहुने भएकाले उद्योगका लागि आवश्यक कच्चा पदार्थ अभाव हुन दिनु हँुदैन भनेर आवश्यक छलफल भई प्रस्ताव समेत अगाडि बढिसकेको छ।’

उद्योगहरूमा कच्चा पदार्थको अभाव हुन नदिन नेपाल सरकारले आपूर्ति खुलाइदिनुपर्ने तर्क पनि प्रवक्ता रेग्मीको छ । उनले बर्सेनि कति मरिच चाहिन्छ भन्ने तथ्यांक उद्योगले राख्ने भएकाले उद्योगत तथ्यांक भने उतै सोध्नुपर्ने बताए ।

उद्योग विभागले पनि व्यवसायीलाई परेको सस्याको बारेमा मन्त्रालयलाई अवगत गराएको उल्लेख छ । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार उद्योगी व्यवसायीले कच्चा पदार्थ अभाव भयो भनेर गुनासो गर्न आएका थिए । त्यो विषयमा नीतिगत निर्णय गर्नुपर्ने रहेछ भनेर मन्त्रालयलाई जानकारी गराइसकिएको छ । त्यो विषयमा के निर्णय भने भन्ने विषयमा भने कुनै जानकारी आएको छैन ।

उद्योगीले कच्चा पदार्थ नै नपाएर उद्योग बन्द हुने अवस्था आयो भनेपछि समस्या समाधानका लागि विभागले औपचारिक पत्र लेखेको महानिर्देशक तिवारीले जानकारी दिए । 

कच्चा पदार्थ ल्याउन पाउनुपर्छ– उद्योगी दुगड

उद्योगीले आवश्यक कच्चा पदार्थ सिधै आयात गर्न पाउनुपर्ने माग उद्योग मन्त्रालयसमक्ष गरेका छन् । 

मसला उद्योगमा सबैभन्दा बढी प्रयोग हुने मरिच यस्तो उद्योगका लागि आवश्यक कच्चा पदार्थ हो । 

यसको अभाव हुन नदिन र उद्योग बन्द नहोस् भनेर गरिएको मागलाई मन्त्रिपरिषद्को निर्णयबाटै दिनुपर्ने उद्योगी मोतिलाल दुगडको भनाइ छ । 

नेपालमा सबैभन्दा बढी मरिच खपत गर्नेमध्येको एक सेञ्चुरी मसला उद्योगका सञ्चालक दुगड उद्योग बन्द हुनबाट जोगाउन पनि सरकारले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन लागेको बताउँछन् । 

मरिच सेञ्चुरीले जस्तै डाबर नेपालले पनि धेरै खपत गर्छ ।

मसला बनाउन मरिच अनिवार्य हुने हुँदा उद्योगीले आवश्यक कच्चा पदार्थ उपलब्ध गराइदिन सरकारसँग गरेको माग अनुसार नै सरकारले प्रक्रिया अगाडि बढाएको हुनसक्ने बुझाइ दुगडको छ । 

उनले भने, ‘कच्चा पदार्थ नदिए उद्योग बन्द हुन सक्छ । त्यसैले उद्योग बन्द हुनबाट जोगाउन पनि सरकारले सहजीकरण गर्नुपर्ने हुन्छ ।’

दुगडले प्रश्न गरे, ‘दूध उद्योगले दूध नपाउँदा उद्योग कसरी चल्छ ? त्यस्तै मसला उद्योगपनि मरिच नभई चल्छ ?’ ‘कच्चा पदार्थ नपाएर उद्योगमा लगानी गरेको ३ सय करोड डुबाउनु त भएन नि !’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x