साउन ३२, २०७८
व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...
काठमाडाैं | माघ ७, २०७८
कोरोनाभाइरस (कोभिड- १९) को तेस्रो भेरियन्ट नेपालमा निकै तीव्र गतिमा फैलिएको छ ।
सरकारले भीडभाड गर्न रोक लगाएको छ भने यातायात पनि जोरबिजोरका आधारमा मात्र सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।
पछिल्लो समय संक्रमणको अवस्था भयावह रहेको सरकारले दैनिक सार्वजनिक गर्ने तथ्यांकले पनि देखाउँछ ।
दिनमै १० हजारभन्दा बढी संक्रमित थपिएका छन् । परीक्षण नगराउनेको संख्या अझै ठूलो छ ।
तर संक्रमण जुन गतिमा बढेको छ, त्यति कोरोनाका बिरामी अस्पतालमा देखिएका छैनन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको इमर्जेन्सीमा बिहीवार पुग्दा खालीखाली देखिएको थियो ।
त्यहाँ केहीबेर बस्दा बल्ला एकजना बिरामी इमर्जेन्सीमा आए ।
वीर अस्पतालमा पनि अवस्था त्यही थियो ।
कोभिड- १९ युनिफाइड सेन्ट्रल अस्पताल समेत तोकिएको उक्त अस्पतालका उपमहानिर्देश डा. प्रज्वल श्रेष्ठले भर्ना नै गर्नुपर्ने खालका संक्रमितको संख्या एकदमै न्युन रहेको बताए ।
'संक्रमितको संख्या ह्वात्तै बढेको छ । त्यति हुँदा पनि अस्पतालमा भर्ना हुन आउनेको संख्या, अक्सिजन चाहिने बिरामी र कडाखालको निमोनियाको लक्षण लिएर आउने बिरामीको संख्या अघिल्ला दुई लहरमा भन्दा निकै कम देखिएको छ,' डा. श्रेष्ठले भने ।
सामान्य लक्षण भएका प्राय: बिरामीले घरमै स्वास्थ्यलाभ गरिरहेको उनले बताए ।
'यो भेरियन्ट संक्रमण हुँदा भाइरस मानव श्वासनलीको माथिल्लो भागमा रहने र सामान्य रुघाखोकीको जस्तो लक्षण देखिने गरेको छ । भाइरस फोक्सोसम्म नपुग्दा निमोनिया हुन पाएको छैन,' उनले भने ।
डा. श्रेष्ठले १८ वर्षभन्दा माथिका करीब ४० प्रतिशतले खोप लगाइसकेकाले पनि संक्रमणले त्यति ठूलो असर गर्न नपाएको हुनसक्ने बताए । अघिल्ला लहरको तुलनामा निकै कम मात्र बिरामी अस्पताल आएको उनले बताए ।
'दोस्रो लहरमा १० हजार संक्रमित थपिँदा हाम्रो अस्पतालमा मात्र इमरजेन्सीमा दैनिक ३०० जना त कम्तिमा आएका हुन्थे । बेड र अक्सिजन नपाएर बिरामी छटपटाउन बाध्य भएका थिए । अहिले त दैनिक ११ हजार संक्रमित थपिँदा पनि कडा लक्षणसहित आएका जम्मा १९ जना छन्,' उनले थपे ।
डा. श्रेष्ठले संक्रमणले धेरै असर नपारे पनि सजगगता भने अपनाउनुपर्ने बताए ।
हाई रिस्क समूह (वृद्धवृद्धा, दीर्घ रोगी, बालबालिका)मा संक्रमण फैलियो भने जटिल अवस्था आउनसक्ने उनको चिन्ता छ ।
सोही कारण पनि अनुशासित भएर स्वास्थ्य मापदण्ड पालनाको क्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् । यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ...
केही दिनदेखि देशभर डेंगु महामारीकैरूपमा फैलिइरहेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट हजारौ व्यक्ति प्रभावित भएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्यासेजमा समेत बेड रा...
चीनको छिङ्गहाई प्रान्तस्थित हो सिलमा रहेको विश्व सम्पदा क्षेत्र [भिडियो] https://www.facebook.com/lokaantar/videos/363534432107954
राज्यबाट जनताले सेवासुविधा लिँदा अनेक सास्ती भोग्नुपर्छ तर गुर्जुधारास्थित यातायात कार्यालयमा जनताले कर तिर्नै लाग्दा पनि अत्याचार खेप्नुपर्छ । कर तिर्नैपर्ने भएकाले अत्याचार खेप्दाखेप्दै पनि दैनिकजसो सयौं मोटरस...
ललितपुरको सातदोबाटो–गोदावरी रुटमा पर्ने ठैबभन्दा अलि माथि पर्ने गोदामचौरका स्थानीय वासिन्दा हुन् राम कार्की । उनलाई दैनिकजसो घरदेखि लगनखेलसम्म ओहोरदोहोर गरिरहनुपर्छ । पहिला आफ्नै गाडीमा २० मिन...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...