जेठ १३, २०७९
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
उफ ! महंगी । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’
अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ ।
फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् ।
‘महिनामा १०–१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।
दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महंगीले ।’
‘बजारमा १ किलो चिनीको १०० रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महंगो छ । कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महंगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको १ दिन छोराछोरीलाई कुखुराको मासु समेत खुवाउन छाडिसकेको छु ।’
काभ्रे घर भई हाल काठमाडौंको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरुङको पीडा पनि फूलमायाको भन्दा फरक छैन । बढ्दो महंगीले उनको पनि रातको निद्रा उडाएको छ ।
सीता गुरुङ पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १२–१५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ७ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् तर २ बच्चाको स्याहार सम्भार उनी आफैंले गर्नुपर्छ ।
उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै गुरुङ भन्छिन्, ‘महंगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेनछ । फरक पर्ने भनेको हामीजस्ता गरीबलाई मात्र हो ।’
सीता गुरुङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महंगीले आकाश छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महंगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ ।
कुन वस्तुको मूल्य कति ?
खान पकाउने प्रतिसिलिन्डर ग्याँस – १५७५ रुपैयाँ
सूर्यमुखी तेल – २५० देखि २५५ रुपैयाँ
धारा तोरीको तेल – ३७० रुपैयाँ
भटमासको तेल – २४० रुपैयाँ
मासको दाल – १७० रुपैयाँ
नेपाली मासको दाल – २१० रुपैयाँ
मुसुराको दाल – १६० रुपैयाँ
रातो चना – ११० रुपैयाँ
केराउ – ११० रुपैयाँ
जिरा मसिना चामल – ७५ रुपैैँया
इस्टिम चामल – ७५ रुपैयाँ
चिनी – १०० रुपैयाँ
हरियो मटरा – १४० रुपैयाँ
मैदा – ५५ रुपैयाँ
आटा – ५० रुपैयाँ
स्रोत : खुद्रा व्यवसायी संघ नेपाल
राजधानीमा खबर छ ।
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...