×

NMB BANK
NIC ASIA

पैसा छाप्ने मशिन सेक्युरिटी प्रिन्टिङ प्रेसमा परीक्षण छपाइ

माघ ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने २ थान उच्च सुरक्षित डिजिटल मुद्रण मशिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) र १ थान डाई कटिङ मशिन जडान गरी छपाइको नमूना काम समेत सम्पन्न भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माद्वारा छापाखानाको अवलोकन गरिएको जानकारी दिए । ‘अर्थमन्त्रीबाट छापाखानाको अवलोकन भएको छ, उक्त अवसरमा हामीले नेपालमा नै अब अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा नमुना स्टिकर छापेर देखाएका हौं,’ उनले थपे, ‘नेपालमा नै अब अहिले प्रयोगमा आएभन्दा गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’


Advertisment
Nabil box
Kumari

सरकारले छापाखानाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी अन्तःशुल्क स्टिकर छाप्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदका लागि बजेट व्यवस्थापन गरेको खण्डमा स्वदेशमा नै अन्तःशुल्क स्टिकर छाप्न सकिने उनले बताए । सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मशिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिएका थिए ।

Vianet communication
Laxmi Bank

हाल जडान गरिएका मशिनले वार्षिक ६० करोड थान अन्तःशुल्क स्टिकर छाप्न सक्ने सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरेले बताए । आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको करीब ७३ करोड रुपैयाँमध्ये उच्च सुरक्षित डिजिटल मुद्रण मशिन, डाई कटिङ मशिन र केही थान सूचना प्रविधिका उपकरण खरिद गरिएको हो ।

छापाखाना स्थापनाका लागि सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । राहदानी (पासपोर्ट), बैंक नोट, राजस्व स्टिकर लगायतका वस्तुको छपाइ स्वदेशमा नै गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखानाको काम थालिएको हो ।

राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर लगायतका वस्तु छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले सरकारले छापाखाना स्थापना गर्ने योजना अघि बढाएको हो ।

केन्द्रका अधिकृत घिमिरेले छापाखानाका लागि आवश्यक पर्ने प्याकेजिङ मशिन खरिदका लागि बोलपत्र आह्वान गरिएको बताउँदै त्यसको मूल्यांकनको काम भइरहेको बताए । उनले आवश्यक पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिन यस वर्ष पार्क परिसरमा आवश्यक गोदाम घर निर्माण गर्न जग्गा सम्याउने काम भइरहेको बताए ।

छापाखाना रहने जग्गाको वरिपरि आन्तरिक सुरक्षा सडक निर्माणको काम, वर्षामा आउने पानीलाई व्यवस्थित गर्न नाला निर्माण भइरहेको छ । इलेक्ट्रोमेकानिकल र इलेक्ट्रिक इक्युपमेन्ट जडानको काम समेत अघि बढेको शाखा अधिकृत घिमिरेले बताए । यसै वर्ष गोदाम घर निर्माण हुने स्थान नजिक पर्खाल लगाउन बोलपत्र आह्वान समेत गरिने उनले बताए ।

हालसम्म वैकल्पिक ऊर्जाका लागि ४ मेगावाट क्षमताका जेनेरेटरको व्यवस्थापन गरिएको छ भने १/१ लाख लिटरका २ वटा खानेपानी ट्यांकी निर्माणको काम सम्पन्न भएको छ । त्यसैगरी वैकल्पिक ऊर्जाकै लागि ३ लाख लिटर क्षमताको भूमिगत इन्धन भण्डारण ट्यांकी निर्माण, सूचना प्रविधि पार्कभित्रका भवनहरूको मर्मत, सम्भार र विद्युत्को लाइन भूमिगत गरिएको छ ।

जनशक्तिका लागि १ जना उपसचिव, ७ जना शाखा अधिकृतसहित राजपत्रांकित ८ जना र नायव सुब्बा, खरिदार, कार्यालय सहयोगी, सवारी चालक लगायतका अन्य २४ कर्मचारी गरी कूल ३२ जनाको अस्थायी दरबन्दीका कर्मचारीको लागि मन्त्रालयमा सिफारिस गरिएको घिमिरेले बताए । गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x