जेठ ६, २०७९
शुक्रबार राति साढे १० बजेसम्म देशका विभिन्न ६७५ स्थानीय तहको नतिजा घोषणा भएको छ । निर्वाचन आयोगले बाकी भएका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ । अब ७८ स्थानीय तहका नतिजा आउन ...
काठमाडाैं | माघ ८, २०७८
काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ ।
००००
यातायात व्यवसायीहरुले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो ।
छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायी जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपी सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाई छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोरबिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । जोरबिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए ।
००००
यता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने भीडभाडजन्य गतिविधिहरुलाई निरुत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भीडभाडजन्य क्रियाकलाप र गतिविधिहरुलाई रोक्न सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्नुपरेको बताए । सवारीसाधनको जोरबिजोर प्रणालीले आवश्यकताभन्दा बाहेकका गतिविधिलाई निरुत्साहित गर्ने ठहरका साथ प्रशासनले यस्तो निर्णय गरेको उनले बताए ।
००००
सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ । स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसावले कम जोखिमपूर्ण रहेपनि संक्रमण दर बढाइरहेको बताए । उनले आम मानिसहरुले स्वास्थ्य सम्बन्धी सरकारले बनाएका मापदण्ड पूर्ण पालना गर्ने र कोरोनाबिरुद्धको खोप अनिवार्य लगाएमा बढ्दो कोरोना संक्रमणलाई कम गर्न सकिने बताए ।
००००
पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूना परीक्षणमध्ये ८८१५ पीसीआर र १८८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६३५ छ ।
लोकान्तर राउण्ड अपमा अब बितेका २४ घण्टाका बाँकी समाचार संक्षेपः
प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रवार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले संसदमा भएका सबै राजनीतिक दलहरुसँग संवाद र सहमतिका माध्यमबाट संसदको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निस्कर्षमा पु¥याइने पनि स्पष्ट पारे ।
००००
सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे द्विविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमती गरेको हो ।
स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले कुन मितिलाई आधार मानेर स्थानीय तहको निर्वाचन गराउने भन्ने विषयमा द्विविधा देखिएकाले त्यसको निक्र्यौंल गरेर अघि बढन निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गरेर अघि बढने सहमती गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यस्तै शनिबार देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
००००
नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।
माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नयाँ पछि अवस्था सामान्य भएपछि घोषणा हुनेछ ।
००००
गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ ।मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् ।
००००
शनिवार बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै अर्को निर्णय नहुँदासम्म बैठक स्थगन गरिएको माओवादी केन्द्रले जनाएको छ ।
००००
महानगरीय अपराध महाशाखाले गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भई काठमाडौं ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रहरीले उनले बनाउँदै गरेको केमिकलयुक्त गुणस्तरहीन ६०० केजी र ६ हजार ५०० केजी कच्चा पदार्थ र नक्कली मह बरामद गरेको छ ।
००००
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घले आज काठमाडौँको कोटेश्वर, मीनभवन, माइतीघर मण्डलालगायतका क्षेत्रमा पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको खारेज गर्न माग गर्दै प्रदर्शन गरेको हो । अन्य विद्यार्थी संगठनले पनि मूल्यवृद्धिको विरोध गर्दै आएका छन् ।
शुक्रबार राति साढे १० बजेसम्म देशका विभिन्न ६७५ स्थानीय तहको नतिजा घोषणा भएको छ । निर्वाचन आयोगले बाकी भएका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ । अब ७८ स्थानीय तहका नतिजा आउन ...
चितवनका दुई स्थानमा हावाहुरीका कारण रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले भरतपुर–११ भोजाडमा रुख ढलेर अटो च्यापिदा २ जनाको घटनास्थलमै मृत्...
बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार विनोद प्रसाद साह २४ हजार १३९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार राजेश राय यादव...
स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जीतको संख्या ३ सतक पुर्याएको छ । शुक्रबार रातिसम्म सो पार्टीले ३०० स्थानीय तहका प्रमुख र अध्यक्ष पदमा जित हासिल गरेको हो। अझै पनि काँग्रेस २४ स्थानीय तहमा मतगणनाका क्...
सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेका जनता समाजवादी (जसपा)का महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादव पराजित हुने तथ्यांकले देखाएको छ । एमालेकी उपमेयर शिल्पा निरौला कार्कीले अब ग...
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयर...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...