×

Nic Asia
Marvel

संघर्ष

कोरोनासँग एक खेलाडीको भयंकर लडाइँ : ८३ लाख खर्चेर मृत्युको मुखबाट बचाइयो पत्नी र छोरीलाई

बुटवल | माघ ८, २०७८

TVS INSIDE

लोकेन्द्र भण्डारी लुम्बिनी क्षेत्रका चर्चित भलिबल खेलाडी हुन् । राष्ट्रिय भलिबल खेलाडी तथा ‘लेबल वान कोच’ भण्डारीलाई कोरोना महामारीले यस्तो असहज परिस्थति सिर्जना गरिदियो, आफ्नै गर्भवती पत्नी शोभा र पेटको बच्चा बचाउन भगवान्लाई पुर्कार्दै सहयोगीसामु बिलौना गर्नुपर्ने अवस्था आयो ।  

IME BANK INNEWS
morang Auto yamaha

कुरा गत भदौ महिनाको हो । कपिलवस्तुमा भलिबल ‘गेम’ थियो । ‘गेम’ सकेर आउँदा साढे २ वर्षको छोरालाई हनहनी ज्वरो आएको रहेछ । पत्नी शोभालाई पनि ज्वरो ।


Advertisment
NMB BANK
Saurya island

उनले मेडिकलमा लगेर चेकजाँच गराए । औषधि खाँदा ज्वरो घट्ने, औषधि छाड्दा आइरहने भयो । छोरालाई ज्वरो निको भयो तर पत्नी शोभालाई खोकी बढ्दै गयो । 

सधैं गर्भ चेकजाँच गराइरहने शिला मेडिकल बुटवलमा लोकेन्द्रले पत्नीलाई पुर्‍याए । एक्सरे गर्दा छाती बढी नै खराब देखियो । स्त्रीरोग विशेषज्ञ डाक्टरले कोभिडको शंका गरेर पीसीआर जाँच गर्न निर्देशन दिइन् ।

Vianet communication
Maruti inside

शोभालाई अलि बढी नै गाह्रो भएकाले डाक्टरको निर्देशन बमोजिम ल्याबले २ घण्टामा कोभिड रिपोर्ट दियो । रिपोर्ट पोजेटिभ आयो । अक्सिजनको मात्रा घटेर ५० मा झर्‍यो । छाती खराब देखिएकाले तुरुन्तै आईसीयू शय्यामा भर्ना गर्न लोकेन्द्रलाई चिकित्सकले अह्राए ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयू बेड पाइएन । २ दिन आकस्मिक कक्ष (इमरजेन्सी) मा राखियो । शोभालाई सुधार भएन ।

तेस्रो दिन तिलोत्तमास्थित क्रिमसन अस्पतालमा आईसीयू बेड पाइयो, बिरामीलाई त्यहाँ सारियो तर सुधार हुने अवस्था नदेखेपछि डाक्टरले काठमाडौं लैजान सुझाए । 

शोभाको पेटमा ७ महिनाको बच्चा थियो । लोकेन्द्रले हेलिकप्टरमा पत्नीलाई काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा बुवासँग पठाए । आफूलाई पनि कोरोना संक्रमण भइसकेको हुँदा हेलिकप्टरले लोकेन्द्रलाई लैजान मानेन ।

त्यतिबेलासम्म समय निकै घर्किसकेको थियो । शोभा बेहोस थिइन् । प्राविधिक रूपमा बुटवलभन्दा सुविधासम्पन्न काठमाडौंका अस्पतालमा गर्भको सन्तान र पत्नीलाई निको होला भन्ने विश्वासमा उनी थिए । 

त्यहाँ लगेपछि शोभाको औषधि चलाउन अपरेसन गरेर बच्चा निकाल्नुपर्ने चिकित्सक बताए । लोकेन्द्र आफू पनि संक्रमित भएर घरमै थिए । बच्चा नलिकाले दुवैको ज्यान खतरामा । अन्ततः ७ महिनाको गर्भबाट अपरेसन गरेर बच्चा (छोरी) निकालियो । बच्चा र आमालाई भेन्टिलेटरमा राखियो ।

शोभाको गुमेको होस फर्किएन । लोकेन्द्र आफूलाई कोभिड निको नहुँदै पत्नीलाई हेर्न भनेर काठमाडौं गए । पत्नी र छोरी देखेपछि भगवान्लाई पुकार्नुबाहेक उनको हातमा केही थिएन ।

दिन बिते, राति बिते छोरी र पत्नी भेन्टिलेटरमै छन् । निको हुने सम्भावना कम छ भनेर चिकित्सकले भनिरहेका छन् । उनी अस्पताल परिसरमा रोएर दिन कटाइरहे । 

यता निको हुने अवस्था कम उता पैसाको चरम अभाव ! अस्पतालमै दैनिक २ लाख रुपैयाँसम्म खर्च उठ्न थाल्यो । घरबाट ऋणधन गरेर ल्याएको पैसा सकियो । हप्ता बित्यो, २ हप्ता बित्यो । शोभा न होसमा आइन्, न स्वास्थ्यमा सुधार हुने केही संकेत देखियो । २० दिन पुग्यो, उनमा सुधार देखिएन ।

डाक्टरले समेत आश मारेका थिए तर २१औं दिनमा चमत्कार जस्तै भयो । शोभाले आँखाका परेला हल्लाइन् । लोकेन्द्रलाई आशा पलायो – पत्नी बाँच्छिन् कि भन्ने ? शोभालाई हेरेको थिए अस्पतालका डाक्टर सन्जिल कृष्ण श्रेष्ठले ।

अस्पतालमा भर्ना गरेको २४औं दिनमा घाँटीबाट ट्यूब राखेर फोक्सोसम्म पाइप जडान गरी श्वासप्रश्वासमा सहजीकरण गरियो तर ज्वरो घटेको थिएन । २६औं दिनमा कोभिड रिपोर्ट नेगेटिभ आयो । अक्सिजन पनि ‘मेन्टेन’ हुँदै गयो । त्यसको ४ दिनपछि शोभालाई ‘भेन्टिलेटर’बाट आईसीयूमा सारियो । लोकेन्द्रलाई आशा पलायो ।

शोभाको निगरानी बढाइयो । आईसीयूमा सारिए पनि शोभाको होस आएको थिएन । अस्पताल भर्ना गरेको ४० दिनपछि शोभाले केही मात्रामा भए पनि स्मरण गर्न थालिन् । छोरीलाई पनि ३९ दिनपछि भेन्टिलेटरबाट एनआईसीयूमा सारियो ।

उनलाई साथीभाइ, दाजुभाइ र ससुरालीबाट पठाएको सबै पैसा सकियो । अस्पतालको खर्च मात्रै ८३ लाख रुपैयाँ आयो । 

भण्डारीको परिवारलाई बचाऊ भन्दै नेपाल नेसनल भलिबल फ्यान ग्रूपले देश–विदेशमा सहयोग अभियान सञ्चालन गरे । त्यसमा लक्ष्मण काफ्लेले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको लोकेन्द्र सम्झिन्छन् । 

‘म जस्तो खेलाडीले कहाँबाट त्यति पैसा जम्मा गर्नु ? खेलाडी भएर चिनिएकाले धेरै साथीबाट सहयोग उठाउनुभएको रहेछ । सबैको साथ र सहयोगले श्रीमती र छोरीलाई बचाएँ,’ लोकेन्द्र भन्छन् ।

हेलिकप्टरबाट पत्नीलाई काठमाडौं लैजान उनले ४ लाख खर्चिए । उनी भन्छन्, ‘छोरीको दैनिक भेन्टिलेटर खर्च २ लाख रुपैयाँभन्दा बढी भयो । वार्डमा सारेपछि दैनिक ४० हजारसम्म भयो ।’

खर्च जतिसुकै भए पनि लोकेन्द्रले पत्नी र छोरीलाई बचाउन सफल भए । बाँच्ने आशा नै नभएका पत्नी र छोरीलाई ८४ दिनको अस्पताल बसाइपछि भण्डारीले पुसको दोस्रो हप्ता रूपन्देहीको तिलोत्तमा–२ स्थित घरमा ल्याए । अस्पतालमा सबैभन्दा बढी अवधि बस्ने बिरामी शोभा र उनकै छोरी रहेका अस्पतालको रेकर्डमा छ । ‘शोभालाई अझै पूर्ण निको भएको छैन । अहिले पनि दैनिक थेरापी गरिरहनुपर्छ, घरको सिँढी तल–माथि गर्न सक्दिनन्,’ लोकेन्द्रले भने ।

डाक्टर श्रेष्ठले अहिले पनि शोभालाई फोन गरेर स्वास्थ्य अवस्था बुझ्ने गर्छन् । डाक्टर श्रेष्ठलाई लोकेन्द्रले पनि साँच्चै भगवान् मान्छन् । 

३९ वर्षका लोकेन्द्र मणिमुकुन्द भलिबल क्लब र सिद्धार्थ बोर्डिङ स्कूलका ‘कोच’ हुन् । उनको परिवारलाई बचाउन उनले पढाउने र सिकाउने विद्यार्थीहरू पनि जुटेका थिए ।

‘साँच्चै अप्ठ्यारो अवस्थामा वास्तविक साथी चिनिने रहेछन्,’ लोकेन्द्र भन्छन्, ‘सहयोग गर्छाैं भन्नेहरू पछाडि हटे, चिन्दै नचिनेका सहयोगी मनहरू अगाडि बढे । मैले आशै नगरेका श्रीमती र छोरीलाई कोरोनाको मुखबाट फुस्काएर ल्याउन सफल भएँ । अहिले मभन्दा खुशी यो संसारमा कोही होला जस्तै लाग्दैन ।’ 

असोज ९ गते काठमाडौं गएको भण्डारी परिवार पुस १४ गते फर्किएको हो । ३ महिनापछि बल्ल छोरीको न्वारन गरिएको छ । कोरोनासँग जुध्दै जन्मिएकी छोरीको नाम ‘आशा’ राखिएको छ ।

‘साँच्चै छोरीको नाम पनि आशा जुर्‍यो । उनले केही आशा लिएर जन्मिएकी छन्,’ लोकेन्द्र भन्छन् । आशाले आमाको दूध चुस्न पाइनन् । आशाले भैसी र बट्टाको दूध खान्छिन् । 

लोकेन्द्रको जीवन कोभिड अगाडि पनि सन्तोषजनक थिएन । विवाह गरेको १७ वर्षसम्म पनि सन्तान भएका थिएनन् । उनी सन्तानका लागि कहाँ–कहाँ धाएनन् । बुटवल, भारतको गोरखपुर, पुने, काठमाडौैंको ओम अस्पतालसम्म उपचारका लागि १० वर्ष खर्चिए । कहीँ गए पनि समस्या केही छैन भन्ने तर बच्चा नहुने समस्या जारी रह्यो । अन्ततः उनले अब सन्तान हुँदैनन् भनेर आश मारेका थिए ।

उपचार छाडेको १ वर्षपछि शोभा गर्भवती भइन् । विवाह भएको १८ वर्षपछि छोरा जन्मिए । लोकेन्द्रका साढे २ वर्षका छोरा पनि छन् । अहिले कोभिडसँग जुध्दै छोरी पाएपछि लोकेन्द्रको परिवार हर्षित छ तर सन्तान प्राप्त र कोभिड उपचारको लागि उनको खर्च करोडभन्दा माथि पुग्यो ।

‘सन्तान प्राप्तिका लागि ५० लाखभन्दा बढी खर्च भएको थियो,’ लोकेन्द्र भन्छन्, ‘अहिले फेरि ८३ लाख रुपैयाँ छोरी र श्रीमती बचाउन खर्च भयो । साथीसङ्गीको सहयोगबापत ३० लाख रुपैयाँ उठाए, अरू सबै ऋण खोजेर अस्पतालबाट निस्किए । अब ऋण पार लगाउने चिन्तामा छु । जागिरले त्यतिधेरै ऋण तिर्न सकिने अवस्था छैन ।’

कोरोना संक्रमण फेरि भुसको आगो सरी फैलिएको छ । कुनै दीर्घरोग नभएकी शोभालाई मृत्युको मुखमा पुर्‍याएको कोरोनालाई सामान्य नठान्न लोकेन्द्रले सबैलाई सुझाव दिन्छन् । 

TATA Below
NLIC
बैशाख २२, २०७९

जिउमा ब्लाउजजस्तो देखिने एकसरो पातलो र मैलो कपडा । सामान्य धोती । खुट्टामा उति नै सामान्य चप्पल । चाउरी परेको मुहार । वैशाखको ४० डिग्री तापक्रमका बीच दैनिक १२ घण्टा दाउराको आगो र धूवाँवरिपरिको बसाइले हुनसक्छ...

बैशाख २१, २०७९

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित विष्ट टोलका मतदाता नेताहरूले यसअघि गरको प्रतिबद्धता पूरा नगरेको र जनताका पक्षमा काम नगरेको भन्दै असन्तुष्ट छन् । गोडेपानी खोलाले विष्ट टोललाई बर्सेनि समस्या दिन्छ भन...

बैशाख २५, २०७९

देशैभर सत्तारुढ ५ दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावको माहोल तताइरहेको छ । कैलालीको टीकापुरमा वैशाखको ३४ डिग्री गर्मीलाई बेवास्ता गर्दै प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्र र कांग्रेस...

जेठ १०, २०७९

जीवनको लामो समय पत्रकारितामा खर्चेका गणेश चौधरीको कलमी यात्रा मोडिएको छ ।  पत्रकारितामार्फत समाजलाई सुसूचित, खबरदारी गर्दै आएका उनी अब समाजको सपना साकार पार्ने ठाउँमा पुगेका छन् । सम्भावनालाई वास्...

बैशाख २७, २०७९

स्थानीय तह निर्वाचन रिपोर्टिङको क्रममा मधेश प्रदेशमा लोकान्तरकर्मीहरू चहारिरहेका थियौं । जनकपुरबाट सिरहाको लहान र सप्तरी हुँदै प्रदेश–१ प्रवेश गर्नेक्रममा थियौं । हाम्रो गन्तव्य सुनसरीको इटहरी थियो ।  ...

जेठ १४, २०७९

रोजगारीको अभाव देखाउँदै विदेशिने युवालाई स्वदेशमै स्वरोजगारको सन्देश दिन सफल भएकी छन् मकवानपुरकी अनिता अर्याल । मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ दिल्लीपुर निवासी अनिता अर्याल विगत ७–८ वर्षदे...

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...

गणतन्त्रमा राजैराजा !

गणतन्त्रमा राजैराजा !

जेठ १५, २०७९

दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

ad
x