कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
मोरङको बेलबारीका सन्तोष प्रसाई पढाइ सकेर जागिरको खोजीमा लागेका थिए । धरानको इन्जिनीयरिङ कलेजबाट मेकानिकल इन्जिनीयरिङ गरेका प्रसाई आफ्नो पढाइसँग सुहाउँदो जागिरको खोजीमा थिए ।
तर उनले पढाइसँग मिल्दोजुल्दो जागिर पाउन त्यतिबेला निकै मेहनत गर्नुपर्यो । एक दिन केही साथीसँगै उनी चिया पसलमा गए । चिया पसलमा पत्रिका पढ्दा दुबईमा सिएसी मशिन टेक्निसियनका लागि १ जना कर्मचारी आवश्यकता भनेर लेखिएको देखे । त्यही सूचनाअनुसार उनी १८ वर्षअघि दुबई गए ।
दुबई पुगेपछि उनलाई लेबर काम गर्न भनियो । ‘फ्री भिसा फ्री टिकट’मा गएका उनले लेबरमा काम गर्न मानेनन् । १ हप्तासम्म मालिकले लेबरमा काम गर्न भनेर दबाब दिए पनि आफूले नमानेको उनले बताए ।
‘हप्ता दिनपछि मालिकले आफैं आएर के काम गर्छस् भनेर भन्यो,’ उनले भने, ‘मलाई जे कामका लागि ल्याएको हो, त्यही काममा लगा, नत्र नेपाल फिर्ता गरिदे भनेर भने ।’ दुबई जाँदा १ रुपैयाँ पनि आफ्नो खर्च नभएकाले लेबरको काम नगरेको उनले बताए ।
म्यानपावर कम्पनीको बेइमानीका कारण धेरै नेपालीले दुःख भोग्नु पर्दाे रहेछ भन्ने थाहा पाएको उनले बताए । ‘एकै प्रकृतिका कामदार लैजान नपाइँदो रहेछ,’ उनले भने, ‘त्यही भएर विभिन्न आश्वासन दिएर कामदार लगिँदो रहेछ ।’
लेबर काम नगरेपछि मालिकले उनलाई अफिसको काममा खटाए । उनले पाइप (फाइबर ग्लास) बनाउने बहुराष्ट्रिय कम्पनीको अफिसमा काम गर्ने मौका पाए । उनका लागि त्यो नयाँ काम थियो ।
उनलाई शुरूमा १२ हजार रुपैयाँ तलब दिइएको थियो । ‘हप्तामा १ दिन बिदा दिइन्थ्यो,’ सन्तोषले भने, ‘काम नगरी दिन काट्न मलाई गाह्रो हुन्थ्यो, त्यही तलबमा काम गरें । मेरो काम देखेर ६ महिनापछि तलब बढेर ३६ हजार रुपैयाँ पुग्यो । त्यसको ६ महिनामै तलब ५० हजार रुपैयाँ पुग्यो । बढ्दै जाँदा मासिक ६ लाख रुपैयाँसम्म तलब लिने भएँ ।’
विदेशमा घुलमिल भएपछि पैसा तथा मान–सम्मान राम्रै पाएको उनी बताउँछन् । ‘काम गर्नेलाई जहाँसुकै सबैले प्यारो मान्छन्,’ उनले भने, ‘दुबईमा मलाईभन्दा पनि मेरो कामलाई प्यारो मान्थे ।’ उनी घर फर्किंदा तलब सहितको बिदा पाउँथे ।
उनी घर फर्किएको बेला पुरानै चिया पसलमा गए तर उनलाई कसैले चिनेनन् । त्यतिबेला उनले भाइको नामबाट ‘फलानाको दाइ’ भनेर चिनिनुपर्यो । यस्तो भोगाइले उनको मनमा छोयो र उनले स्वदेशमै केही गर्नुपर्ने सोच बनाए ।
स्वदेश फर्केरै केही गर्ने सोच बोकेर उनी फेरि दुबई गए । त्यहाँ उनीसहित गाडी दुर्घटनामा परे । दुर्घटनामा केही नेपालीको मृत्यु समेत भयो । त्यो घटनापछि उनी दुबईमा नबस्ने निष्कर्षमा पुगे ।
आफू स्वदेश फर्किन चाहेको कुरा उनले मालिकालाई सुनाउँदा मालिकले तलब बढाइदिने तर दुबईमै बस्न आग्रह गरे । तर उनले मानेनन् । ‘म स्वदेश फर्किने भएपछि मालिकले आफैं बिदाइ कार्यक्रमको आयोजना गरेर थप सफलताको शुभकामना भनेर ८ महिनाको तलब पनि बोनसमा दिए,’ उनले भने ।
उनले स्वदेश फर्किएर बेलबारीमै केही गर्ने योजना बनाए । केही साथीभाइसँग पनि सल्लाह गरे । उनीसहित ५ जना मिलेर थोरै लगानीमा दाना उद्योग खोल्ने योजना बनाए । २ लाख रुपैयाँको मशिन ल्याएर दाना उद्योग शुरू गरेको उनले बताए ।
२०७१ सालमा स्थापना गरिएको उद्योगमा जम्मा १४ लाख रुपैयाँ लगानी गरेको उनले बताए । उद्योगमा तुरुन्तै नाफा नहुने, धेरै खट्नुपर्ने जस्ता समस्याले केही साथीले बीचमै छाडेको उनले बताए ।
तुरुन्तै प्रतिफल चाहिन्छ भन्ने साथीभाइलाई बिदा गरेको उनले बताए । भाइ कवीन्द्र प्रसाई, अनिल सुवेदी र आफू गरी ३ जनाले उद्योग सञ्चालन गरिरहेका उनले बताए ।
बेलबारी कृषक दाना उद्योग नाम दिएर खोलेको उद्योगमा कुखुरा, सुँगुर र गाईका लागि आहारा उत्पादन गरिन्छ । १४ लाख रुपैयाँबाट शुरू गरेको उद्योगले गत वर्ष ३० करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको प्रसाईले बताए । उद्योग शुरू गरेपछि भारतका २०० भन्दा बढी दाना उद्योगमा घुमेको उनले बताए ।
दाना उद्योग खोल्दा शुरूमा निकै कष्ट भोग्नुपरेको उनले बताए । ‘भारतबाट मशिन ल्याएर फिट गर्न खोज्दा फिट भएन अनि रातभरि काम गर्दा पनि नभएपछि राति नै भारत गएँ,’ उनले भने ।
शुरूशुरूमा राति १२–१ बजेसम्म पनि काम गरेको उनले बताए । दाना उद्योगमा सफलता मिल्दै गएपछि विद्युतीय गाडीको व्यवसाय थप गरेको उनले बताए । ‘विद्युतीय गाडीको व्यवसाय शुरू गर्दा धेरैले मूर्ख समेत भने, जसले मूर्ख भनेका थिए अहिले उनीहरू नै गाडी अर्डर गरिरहेका छन्,’ उनले भने ।
नेपालमै विद्युतीय स्कुटर तथा मोटरसाइकल बनाउने गरी काम अगाडि बढाएको उनले बताए । उद्योगमा ५० जनाले रोजगारी पाएका छन् ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...