×

NMB BANK
NIC ASIA

माओवादी बैठक

माओवादी केन्द्रको लाइनः तीनै तहको निर्वाचन एकै मितिमा, कार्यदलको सुझावपछि एमसीसीबारे धारणा बनाउने

माघ ८, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकमा तीनवटै तहको निर्वाचन एकै समयमा गर्नेबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफललाई थप व्यवस्थित र विस्तृत बनाउनेबारे छलफल भएको छ । 

Muktinath Bank

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्व स्थायी समिति सदस्यहरूसँग अनौपचारिक छलफल गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘निर्वाचनको बारेमा गठबन्धनमा भइरहेको छलफल ठिक छ । त्यसलाई थप व्यवस्थित र विस्तारित गर्नुपर्छ भन्ने बारेमा छलफल भयो,’ बैठकमा सहभागी नेता देव गुरुङले भने । 


Advertisment
Nabil box
Kumari

तीनै तहको निर्वाचन एउटै मितिमा गर्दा कम खर्चिलो हुने भएकाले पनि सकेसम्म एकै मितिमा तिनै तहको निर्वाचन गर्नुपर्ने नेताहरूले सुझाव दिएको उनले बताए । 

Vianet communication
Laxmi Bank

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी वैशाखमा संसदीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

तर, कानूनी प्रावधान र स्थानीय तहका पदाधिकारीको समयावधि सकिन लागेको कारण वैशाखमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने आवाज पनि राजनीतिक वृत्तमा छ । 

तीनै तहको निर्वाचनको विषयमा माओवादी केन्द्रले निर्वाचन आयोग, वुद्धिजीवि र कानून व्यवसायीहरूसँग छलफल गरेर निष्कर्षमा पुग्नेबारेमा पनि छलफल गरेका छन् । 

‘आज अनौपचारिक छलफल मात्रै थियो । निर्णय नै भनेर केही पनि भएको छैन । आज केन्द्रीय कमिटीको बैठक बस्ने भनिएको थियो । कोरोना संक्रमण बढिरहेको कारण त्यो सम्भव भएन । अध्यक्षले अनौपचारिक छलफलका लागि मात्रै बोलाउनुभएको हो,’ गुरुङले भने । 

उक्त छलफलमा अमेरिकी सहयोग एमसीसीको विषयले पनि प्रवेश पाएको थियो । गठबन्धनले बनाएको कार्यदलले दिएको सुझाव अध्ययन गरेर एमसीसीको बारेमा धारणा बनाउन नेताहरू सहमत भएको उनले बताए । 

‘एमसीसीबारे व्यापक चर्चा छ । गठबन्धनले बनाएको कार्यदलले दिएको सुझाव अध्ययन गरेपछि त्यसको बारेमा धारणा बनाउँदा राम्रो हुने भन्ने कुरा आएको छ,’ गुरुङले भने ।

बैठकले अन्य समसामयिक राजनीतिक विषय अध्यक्ष प्रचण्डले सुझाव लिएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x