जेठ ६, २०७९
सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेका जनता समाजवादी (जसपा)का महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादव पराजित हुने तथ्यांकले देखाएको छ । एमालेकी उपमेयर शिल्पा निरौला कार्कीले अब ग...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ ।
पानीमाथि निर्माण गरिएको यो मुलुककै एक मात्र सरकारी कार्यालय भएको तिलोत्तमाको दाबी छ ।
नगरपालिकाले वडा नम्बर ११ को कार्यालय भवन पानीमाथि निर्माण गरेको हो । कार्यालयको वरिपरि पोखरी व्यवस्थित गरिएको छ । त्यहाँ माछा छोडिएको छ भने बोटिङ सेवा सञ्चालन गर्नुका साथै रात्रीकालीन समयमा समेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ ।
वडा कार्यालयको नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी आचार्यले उद्घाटन गरेका छन् । वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरी स्थलमा पर्यटकीय वडा कार्यालय भवन निर्माण गरिएको हो ।
करीब ६० लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको हो । आयाम निर्माण सेवा तिलोत्तमासँग ६३ लाखको ठेक्का सम्झौता भएकोमा ६० लाखमा निर्माण सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका इन्जिनियर प्रदीप वनले जानकारी दिए ।
यसले सेवा प्रवाह मात्र नभई आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने नगर प्रमुख वासुदेव घिमिरेले बताए । ‘अब वडा कार्यालयमा आउने सेवाग्राहीहरू सेवा लिनका लागि मात्र आउँदैनन्, बोटिङको आनन्द लिनका लागि पनि आउँछन्,’ उनले भने ।
वडा नम्बर ११ का अध्यक्ष मुक्तिनारायण चौधरीले स्थानीय नागरिकको सुझावको आधारमा नगर कार्यपालिकाबाट निर्णय गराएर पोखरीमाथि वडा कार्यालय भवन निर्माण गरिएको हो ।
‘कार्यालयमा आउने सेवाग्राहरुबाट आन्तरिक पर्यटनको पनि प्रवद्र्धन होस् भन्ने हेतुले पोखरीमा माछासमेत छाडिएको र बोटिङसमेत सञ्चालन गरिएको हो, यसले आम्दानी वृद्धमा पनि सघाउ पुर्याउँछ,’ उनले भने ।
कार्यालय उदघाटनका अवसरमा नगर प्रवक्ता सुरेन्द्र श्रीले पर्यटकमैत्री वडा कार्यालय भएको भन्दै यो मुलुकमै नमूना भएको बताए ।
सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनेका जनता समाजवादी (जसपा)का महानगर कमिटी अध्यक्ष अमरेन्द्र यादव पराजित हुने तथ्यांकले देखाएको छ । एमालेकी उपमेयर शिल्पा निरौला कार्कीले अब ग...
बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेबाट मेयरका उम्मेदवार विनोद प्रसाद साह २४ हजार १३९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार राजेश राय यादव...
काठमाडौं महानगरपलिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३० हजार मत कटाएका छन् । शुक्रबार राति १० बजेको अध्यावधिक विवरणअनुसार उनले ३० हजार ८५८ मत पाएका हुन् । यस्तै काँग्रेसकी उम्मेदवार सिर्जना ...
हेटौंडा उपमहानगरपालिकाको नेतृत्वको लागि भएको स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दल मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दिएकी मीना कुमारी लामा मेयर...
ब्युटी पेजेन्टको नाममा बलात्कार आरोप प्रकरणमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एक समिति गठन गरेको छ । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिङ्सा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्याना...
शुक्रबार राति साढे १० बजेसम्म देशका विभिन्न ६७५ स्थानीय तहको नतिजा घोषणा भएको छ । निर्वाचन आयोगले बाकी भएका कतिपय स्थानीय तहको मतगणना अन्तिम चरणमा पुगेको पनि जनाएको छ । अब ७८ स्थानीय तहका नतिजा आउन ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...