जेठ ११, २०७९
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रम...
काठमाडाैं | माघ ८, २०७८
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको हिंसा भड्काउने अभिव्यक्तिविरुद्ध कुनै कारबाही नभएको भन्दै कांग्रेसका नेताहरूले पनि आपत्ति जनाउन थालेका छन् ।
शनिवार बिहान कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मन्त्री यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव दिएका थिए ।
अहिले कांग्रेस उपसभापति धनराज गुरुङले पनि मन्त्री यादवको अभिव्यक्तिमा कुनै कारबाही नभएपछि ‘अति गरे खती’ हुने उल्लेख गरेका छन् ।
‘मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयंले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो, न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो ! अति गरे खती हुन्छ भन्छन् है,’ ट्वीटरमा उनले लेखेका छन् ।
मन्त्री यादवले रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएकी थिइन् ।
मन्त्री जस्तो जिम्मेवार पदमा बसेर हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको यतिका दिनसम्म पनि न मन्त्री स्वयमले सार्वजनिक रुपमा माफी मागेको सुनियो, न सम्बन्धित दलले कारबाही गरेको सुनियो, न त प्रधानमन्त्रीले बर्खास्त गरेको सुनियो!
— Dhan Raj Gurung (@dhanrgrg) January 22, 2022
अति गरे खती हुन्छ भन्छन् है।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सेवाको भावना भए मात्रै विकास सम्भव रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधिका लागि बुधवार आयोजना गरेको बधाई एवं शुभकामना कार्यक्रम...
ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका वडाहरू र नयाँ थपिएका वडामा विकासका हिसाबले एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महानगर प्रमुखका रूपमा निर्वा...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आय...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तहको चुनावमा पार्टी पराजित भएको बताएका छन् । बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ...
मोरङ जिल्ला मुख्य निर्वाचन अधिकृत कार्यालयले विराटनगर महानगरपालिकाको कार्यपालिका कार्यपालिका सदस्यहरूको निर्वाचन जेठ २१ गते बिहान १० देखि २ बजेसम्म हुने जनाएको छ । रेडक्रस भवनमा हुने निर्वाचनबाट महानगरपालि...
रौतहटको फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसको तफबाट प्रमुखमा गोपाल राय यादव र उपप्रमुखमा अमवेया खातुन निर्वाचित भएकी छन् । रौतहटको ...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...