जेठ १३, २०७९
स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्धभत्ता अब घरघरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धालाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घरघरमै पुगेर वि...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, गुल्मी, महोत्तरी र सर्लाहीमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको हो ।
पर्साको वीरगंज महानगरपालिका-१२ स्थित सडकमा बा.४ ख ७३९० नम्बरको बसले ना.१४ प ८१०४ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका-४ बस्ने ६० वर्षीय समशुल मिँयाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रभु अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी गुल्मीको मुसीकोट नगरपालिका-९ ददलका बुकीडाँडामा लु.१ च ७२९८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा गाडीमा सवार मुसीकोट नगरपालिका-९ ददलका बस्ने ५५ वर्षीय काले कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाल्पातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनालाई उपचारको लागि पाल्पातर्फ पठाइएको छ ।
उता महोत्तरीको मटिहानी नगरपालिका-६ बजार नजिक मटिहानीबाट जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०२५ प ३५२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार जलेश्वर नगरपालिका-४ सुगा बस्ने ४० वर्षीय शम्भु शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाहीको बाग्मती नगरपालिका-११ स्थित सडकमा पनि बा.८४ प ५९०८ नम्बरको मोटरसाइकल ना.७ ख ८३०० नम्बरको टिपरको पछाडी ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक हरीवन नगरपालिका-५ बस्ने २५ वर्षीय सुनिल बम्जनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चन्द्रपुर रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्धभत्ता अब घरघरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धालाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घरघरमै पुगेर वि...
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेक...
काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...
राष्ट्रिय मानव अधिकार आयोगले जबरजस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रवार जारी गर...
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित म...
कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...