जेठ १३, २०७९
गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ । भर्खरै ...
काठमाडाैं | माघ ९, २०७८
हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डामाथि नै निर्वाचन आयोगले प्रश्न उठाउँदै पत्राचार गरेको छ । सो पार्टीको विधानमा उल्लेखित ‘राजसंस्था र हिन्दुराष्ट्र’ बारे असहमति जनाउँदै आयोगले यसबारे राजनीतिक दलसम्बन्धी ऐेन अनुकूल हुनेगरी उल्लेख गर्न पत्राचार गरेको छ । माघ २ मा आयोगले राप्रपालाई पठाएको ८ बुँदे पत्रको बुँदा नम्बर १ मा भनिएको छ, ‘विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकुल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नु हुन...।’
दलको संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिकका लागि गत पुस १० मा राप्रपाले निवेदन दिएकामा सोसम्बन्धी कागजात अध्ययन पश्चात आयोगले पत्र काटेको हो । यस्तै पार्टीको झण्डामा रहेको गाइ चिन्ह हटाउन पनि राप्रपालाई आयोगले भनेको छ । यसबाहेक सम्बद्र्धनवादको परिभाषित गर्न, साधारण सदस्यको योग्यताबारे थप प्रष्ट पार्न, पदाधिकारीको निर्वाचनसम्बन्धी व्यवस्था स्पष्ट पार्न पनि आयोगले निर्देशन दिएको छ ।
००००
निर्वाचन आयोगले राप्रपालाई माघ २ मा यो पत्र काटेपनि शनिबार मात्रै पूर्वअध्यक्ष कमल थापाले सार्वजनिक गरेका हुन् । उनले पत्र प्राप्त भएको लामो समय बित्दा पनि वर्तमान नेतृत्व मौन बसेको भन्दै आलोचना गरेका छन् । उनले आयोगको यो निर्देशन अस्वीकार्य रहेको भन्दै विगतको यस्तै निर्णय आफूहरुले संघर्षबाट उल्ट्याएको स्मरण गरेका छन् । मूल एजेण्डामै ‘प्रहार’ हुने गरी राप्रपालाई आयोगको पत्र आएपछि सो पार्टीमा हलचल पैदा भएको छ । नेता कार्यकर्ता तहमा यसबारे बहस भइरहँदा नेतृत्वले भने मुख खोलिसकेको छैन ।
विगतमा आयोगले यसबारे राप्रपालाई पत्र काट्दा सो पार्टीले निर्वाचन आयोग घेराउ गरेको थियो । त्यतिबेला आयोग लचक बन्दै छुट दिएपनि फेरि सोही प्रकृतिको पत्र काटेको हो । यस्तै नेकपा माओवादी केन्द्रको विधानमा उल्लेखित केही शब्दावलीमा पनि आयोगले पत्राचार गरेपछि सो पार्टीले पनि असन्तुष्टि जनाएको थियो ।
००००
लोकान्तर राउण्ड अपमा अब बितेको २४ घण्टाका समाचार संक्षेपमाः
पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १८७ नमूना परीक्षणमध्ये ८२१२ पीसीआर र २०४२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।
००००
विगत २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । अहिलेसम्म पहिलो मात्रा एक करोड ६२ लाख ४२ हजार ४५६ जना र पूर्ण मात्रा एक करोड २८ लाख ७० हजार ८६७ जनाले लगाइसकेका छन् । यस्तै कोरोना भाइरसविरुद्धको बुस्टर डोज एक लाख ४२ हजार ५८९ मात्रा लगाइएको छ ।
००००
कानूनविद्हरूले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।
वरिष्ठ अधिवक्ता डा सुरेन्द्र महतोले स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए ।
००००
काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
००००
हिंसा भड्काउने अभिव्यक्ति दिएर विवादमा परेकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्नुपर्ने सुझाव नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दिएका छन् ।
कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
००००
माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकले बाँकी रहेका संगठनात्मक कामहरु टुंग्याउने जिम्मा पनि प्रचण्डलाई दिने निर्णय भएको छ ।
००००
नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्य लाभ गरी माघ १० गते स्वदेश फर्किने भएका छन् । सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता पुनले स्वदेश फर्किन लागेको जनाएका हुन् ।
००००
शनिबारका लागि बोलाइएको भनिएको सर्वदलीय बैठक बस्न सकेन । प्रमुख प्रतिपक्षी दल एमालेले बहिस्कार गर्ने देखिएपछि बैठक नै स्थगित गरिएको बुझिएको छ । प्रधानमन्त्रीको सचिवालयले चाहिँ शनिवार सर्वदलीय बैठक नै नबोलाएको दावी गरेको छ ।
प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले शनिवार सर्वदलीय बैठक नबोलाइएको बताए ।
गृहमन्त्रालयले ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिश गरेसँगै डीआईजीका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको दौडधूप शुरू भएको छ । भर्खरै ...
वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...
चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर ग...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ । १५ मिनेटका लागि भ...
रुपन्देहीको तिलोत्तमा भलबारीस्थित नेपाल आयल निगमको डिपोमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रवार बिहान इन्धन अनलोड गर्ने क्रममा लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको टयांकरमा आगलागी भएको थियो । आगला...
दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो । टायर पञ्चर भ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...