×

NMB BANK
NIC ASIA

'अंशबन्डा गर्न आउनेले छोरीको विवरण दिन आनाकानी गर्छन्'

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

केन्द्रबाट आएको एउटा पत्रले देशभरका मालपोत कार्यालय अचेल फरक धपेडीमा छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले लेखेको पत्रमा छ– संविधान र कानुनमा भएबमोजिम पैत्रिक सम्पत्तिमा लैंगिक भेदभाव नहुने स्थिति सिर्जना गर्नू।

Muktinath Bank

नेपालको संविधानको धारा १८ (५) ले भन्छ, ‘पैतृक सम्पत्तिमा लैंगिक भेदभावबिना सबै सन्तानको समान हक हुनेछ।’ धारा ३८ (१) ले पनि ‘प्रत्येक महिलालाई लैंगिक भेदभावबिना समान वंशीय हक हुने’ प्रत्याभूत गरेको छ। त्यहीमुताबिक कानुन बनेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकी देवानी संहिता, २०७४ को दफा २०५ मा लेखिएको छ, ‘सगोलको सम्पत्ति अंशबन्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंसियार मानिनेछन्।’ दफा २०६ (१) मा प्रत्येक अंसियार अंशको समान हकदार हुने उल्लेख छ। दफा २११ (१)मा सगोलको सम्पत्ति भएका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमद अनुसार खान लाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने व्यवस्था छ। उपदफा (२)मा लेखिएको छ, ‘उपदफा (१) बमोजिमको व्यवस्था पूरा गर्नुपर्ने दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंसियारले आफ्नो अंश लिई भिन्न हुन सक्नेछ।’ यो संहिता २०७५ भदौ १ देखि लागू भएको हो।


Advertisment
Nabil box
Kumari

सरकारी अभिलेख हेर्दा कानुनको कार्यान्वयन पक्ष भने अत्यन्त फितलो देखिन्छ। संविधान र कानुनमा भएको व्यवस्थाबारे धेरैलाई अवगतसम्म छैन। त्यही कारण पैत्रिक सम्पत्तिमा समान हक खोज्न अड्डा जानेको संख्या निकै कम छ। र, सरकारले कार्यान्वयन मात्र होइन, जनचेतनामूलक प्रचारमा ताकेता सुरु गरेको छ। त्यही प्रयोजनका लागि विभागले मालपोतहरूलाई पत्राचार गरेको हो।

Vianet communication
Laxmi Bank

मालपोत कार्यालय कलंकीका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार अंशबन्डा गर्न आउने प्रायःले छोरीको विवरण दिन आनाकानी गर्छन्। सोध्यो भने घरजम गरेर बुढा भइसकेको भन्छन्। ‘कार्यालयले त खोज्ने हो, हामी खोज्छौं नै। तर, यसमा कार्यालयभन्दा पनि परिवारको कुरा हुन्छ’, सुवेदी भन्छन्, ‘एकाधबाहेकले छोरीलाई अंश दिन चाहेको देखिँदैन। तर, कार्यालयले प्रत्येकलाई सोधेर मात्र जग्गा पास गर्ने गरेको छ।’ तारा चापागाईंको बाइलाइनमा अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x