जेठ १५, २०७९
युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्...
काठमाडाैं | माघ ९, २०७८
जर्मनीको जलसेनाका प्रमुखले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सम्मान दिनुपर्ने भनी बयान दिएपछि विवाद उठेकाले राजीनामा दिएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको डरका बीच यो बयान आएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा एक थिंकट्यांकले आयोजना गरेको बैठकमा भाइस एड्मिरल के–अकिम श्योनबाखले युक्रेनमाथि रुसले आक्रमण गर्न चाहेको कुरा बकवास भएको र पुटिनले खोजेको सम्मान मात्र हो भने ।
‘हे ईश्वर, कसैलाई सम्मान दिनु कम खर्चिलो हुन्छ वा पटक्कै खर्चिलो हुन्छ । उनले माग गरेको सम्मान दिन सजिलो छ र उनी सम्मानका हकदार पनि छन्,’ श्योनबाखले बैठकमा बयान दिए । रुस पुरानो र महत्त्वपूर्ण मुलुक भएको उनको भनाइ छ ।
रुसले युक्रेनको सीमामा हजारौं सैनिक तैनाथ गरेको छ ।
मस्कोले क्राइमिया आफूमा मिसाइसकेको र युक्रेनले त्यो भूमि कहिल्यै फिर्ता नपाउने पनि उनले बताए ।
‘क्राइमिया प्रायद्वीप गइसक्यो, त्यो कहिल्यै फर्किने छैन । तथ्य यही हो,’ उनले बताए । पश्चिमी मुलुकहरूले क्राइमिया रुसले लिएको स्वीकार गरेका छैनन् र त्यसलाई उल्ट्याउन खोजेका छन् ।
शनिवार श्योनबाखले राजीनामा दिएको घोषणा गरे । जर्मनीको रक्षा मन्त्रालयका एक अधिकारीले श्योनबाख तत्कालै पदबाट हट्ने जानकारी दिए ।
त्यसबाहेक श्योनबाखले जर्मनी र कम्युनिस्ट चीनको बीचमा क्रिस्चियन रुस आवश्यक भएको भनी अर्को विवादास्पद बयान पनि दिएका थिए ।
शनिवार नै युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले जर्मन जलसेना प्रमुखको भनाइमा चित्त नबुझाएर जर्मन राजदूतलाई बोलाएर विरोध गरेका थिए ।
जर्मनीले युक्रेनलाई हतियार दिन नमानेकोलाई पनि कुलेबाले निन्दा गरे । युरोपको एकतालाई अवमूल्यन गर्दै पुटिनलाई प्रोत्साहन नगर्न उनले बर्लिनलाई आग्रह गरेका छन् ।
अमेरिका, बेलायत र बाल्टिक राज्यहरूले युक्रेनलाई हतियार पठाउने सहमति जनाएका छन् ।
German navy chief resigns over Ukraine & Putin comments
— Ben Schaack (@BuyingStrength) January 22, 2022
-
Germany’s Navy chief, vice-admiral Kay-Achim Schönbach, has vacated his post on Saturday evening – just a day after he said that Crimea "will never come back”, and that Putin and Russia “deserve respect.” pic.twitter.com/nB2Ew3v5EZ
युक्रेनले डोनबास क्षेत्रको प्रतिरक्षाका लागि सबै प्रयास गरिरहेको तर पछि हट्न बाध्य हुनुपर्ने स्थिति आएको बताएको छ । राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी क्षेत्रमा रुसी सुरक्षाबलहरूको घेराबन्दीलाई रोक्न सम्...
चिनियाँ केन्द्रीय सरकारले बुधबार एक लाखभन्दा बढी प्रशासकसँग आपतकालीन बैठक गरेको छ । सरकारी मिडियाका अनुसार, बैठकमा शीर्ष नेतृत्वले लकडाउनले प्रभावित अर्थतन्त्रलाई स्थिरतामा ल्याउन नयाँ कदमहरु बताएका थिए।...
मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयकी प्रमुख मिशेल बाचेलेले चीनको सिन्च्याङ प्रान्तको भ्रमण सम्पन्न गरेकी छन् । उनको भ्रमणपछि उच्चायुक्तको कार्यालयले जारी गरेको विज्ञप्तिमा रोचक कुराहर...
चिनी उत्पादन गर्ने मुलुकहरूले आफ्नो देशमा मूल्यवृद्धि रोक्नका लागि निर्यात प्रतिबन्ध लगाएकाले चिनीको मूल्य पनि बढ्ने अपेक्षा गरिएको छ । छिमेकी मुलुक भारतले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । ...
युक्रेनमाथि रुसले आक्रमण गरेपछि पश्चिमले रुसमाथि लगाएको प्रतिबन्ध पूर्णतया विफल भएको छ । रुसी मुद्रा रुबल डलर र युरोको तुलनामा पहिलेभन्दा बलियो भएको छ अनि तेल र ग्यासको बिक्रीबाट रुसले यो वर्ष पोहोर ...
पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् । पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीम...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...