कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
युक्रेनका लेफ्टिनेन्ट जनरल अलेक्जेन्डर पाव्ल्युकले आफ्नो देशमा रुसी आक्रमण फेब्रुअरी २० मा हुन सक्ने दाबी बेलायती पत्रिका द टाइम्समा गरेका छन् ।
त्यो दिन बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक सकिन्छ । पाव्ल्युकले उक्त मितिबाट आफूहरू चिन्तित रहेको बताए । चीनले आयोजना गरेको विश्वव्यापी खेलकुद प्रतियोगितालाई रुसले भाँजो हाल्ने गरी युक्रेनमा आक्रमण नगर्ने पाव्ल्युकको भनाइ छ ।
युक्रेनीहरू रुसीलाई हातैले किचिपिची पार्न तयार रहेको भनी पाव्ल्युकले चेतावनी समेत दिएका छन् । आफूले सैन्य सहयोग नपाएको र रुसविरुद्ध प्रतिबन्ध पनि नलगाइएको भनी युक्रेनले गुनासो गरिरहेको बेलामा पाव्ल्युकको भनाइ आएको हो ।
पाव्ल्युक बाहेक अन्यले पनि बेइजिङ ओलम्पिक र युक्रेन आक्रमणलाई जोडेका छन् । ब्लूमबर्ग पत्रिकामा शनिवार प्रकाशित एक रिपोर्टमा चीनका राष्ट्रपति सी चिनपिङले पुटिनलाई व्यक्तिगत रूपमा नै युक्रेनमाथिको आक्रमण तत्कालै नगर्न अनुरोध गरेको उल्लेख छ । सीले ओलम्पिक चलिरहेको गौरवशाली क्षणमा युक्रेनमाथि आक्रमण नगर्न आग्रह गरेको दाबी गरिएको छ ।
उक्त रिपोर्टमा यसको प्रमाण भने दिइएको छैन । बेइजिङका एक कूटनीतिकर्मीको हवाला दिइएको छ ।
रुसमा रहेको चिनियाँ दूतावासले ब्लूमबर्गको रिपोर्ट झूटो र उत्तेजक भएको दाबी गरेको छ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...