जेठ ६, २०७९
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा एकतर्फी संरचना निर्माण भइरहँदा पनि भारतसँग कुरा गर्न नसकेर सरकारले निरीहता प्रकट गरेको आरोप लगाएको छ । मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलनहरू देखा परेको समेत एमालेको दाबी छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्नेमा सरकार नेपालको राष्ट्रिय हितमाथि निरन्तर आँच पुगिरहँदा पनि मूकदर्शक बनेको आरोप लगाएका हुन् ।
‘भारतसँग ऐतिहासिक सन्धि, दस्तावेज र प्रमाणका आधारमा सीमा विषय टुंगो लगाउन सार्थक पहल गर्नु त परको कुरा- लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत नेपाली भू-भागमा भारतबाट एकतर्फी संरचना निर्माण भइरहँदा आपत्ति जनाउँदै नेपालको अडान स्पष्ट पार्न समेत नसक्ने निरीहता प्रकट गरिरहेको छ,’ ओलीले भनेका छन् ।
एमालेले सरकारमाथि भारतीय सुरक्षाकर्मीद्वारा तुइँन चुँडाएर महाकालीमा बेपत्ता पारिएका जयसिंह धामीका सम्बन्धमा मौन बसेको सरकार राष्ट्रिय हित, स्वाभिमान र नागरिकको जीवनरक्षासँग जोडिएका कैयौं प्रश्नमा लाचार बनेको समेत आरोप लगाएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...
नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्। रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्। आफ्ताब आलम ह...
बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । बागमती प्रदेश मुख्यमन्त्री तथा...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...