जेठ ६, २०७९
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...
काठमाडाैं | माघ ९, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न सत्ता गठबन्धनले वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने कार्ड फ्याँकेको आरोप लगाएको छ ।
२०७९ वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव असल मनसायले नभई स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको एमालेको निष्कर्ष छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार एक विज्ञप्ति प्रकाशित गरी जुनसुकै बेलामा पनि चुनावको सामना गर्न तयार रहेको तर स्थानीय तहको चुनाव सार्न नपाइने बताएका हुन् ।
‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं । हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं । साथै, हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन,’ ओलीले भनेका छन् ।
गत वर्ष ताजा जनादेशको माग गर्दा आफूहरूमाथि अनेकौं प्रहार गरिएको भन्दै ओलीले जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई ‘अग्रगमन’ भनिएको टिप्पणी गरेका छन् ।
‘प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनस्र्थापनालाई ‘संविधानको जीत’का रुपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन ?,’ ओलीले भनेका छन् ।
एमालेले स्थानीय तहको चुनाव वैशाखमै हुनुपर्ने माग गर्दै चुनाव सार्न गरिने कुनै पनि बहानाबाजी स्वीकार्य नहुने एमालेले बताएको छ ।
हेर्नुहोस् विज्ञप्ति
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले पाँच हजार ६०६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई एक हजार...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलहरूको संगठन कमजोर भएको कारण उनीहरुको मत कम आएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद थापाले...
सभामुख अग्नि सापकोटाले सुन्दरी प्रतियोगितामा सहभागी माथि भएको बलात्कार प्रकरणका दोषिमाथि शीघ्र छानविन गरी कानूनको दायरामा ल्याउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रे...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन्दरी प्रतियोगिताको नाममा युवतीमाथि भएको बलात्कार काण्डको अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बलात्कार मुद्दामा हदम्यादबारे पुनर्विचार गर्न सरकारला...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...