जेठ १२, २०७९
प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्...
मोरङको सुन्दरहरैंचा नगरपालिका–४, बलियामा ३० वर्षीया महिलालाई अपहरण शैलीमा होटल लगेर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले श्रेष्ठ होटल एण्ड फेमिली लजका सञ्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी मोरङका प्रवक्ता डएसपी मञ्जिल मुकारुङले फरार रहेका २७ वर्षीय मनोज श्रेष्ठ र झापाका रामबहादुर नेपालीको खोजी भइरहेको बताएका छन् ।
प्रहरीका अनुसार बलात्कृत हुने महिला इटहरीमा काम गरेर शुक्रवार साँझ सुन्दरहरैंचाको गछियास्थित बहिनीको घर जाने क्रममा बाटो झुक्किएकी थिइन् । बाटो बिराएपछि रामबहादुरले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २–०१–००१च २२७ नम्बरको गाडीमा चढाएर होटलमा लगेको खुलेको प्रहरीको प्रारम्भिक बयानबाट खुलेको छ । प्रहरीका अनुसार होटलमा महिलालाई कुटपिट गर्दै बेहोस पारेर सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।
शनिवार बिहान महिलाले बहिनीलाई खबर गरेकी थिइन् । उनकी बहिनी होटल पुग्दा कोठामा रगत देखेपछि बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् । उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै आएका होटल सञ्चालक श्रेष्ठलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ ।
पीडित महिलाको शरीरभरि निलडाम देखिनुका साथै यौनांगमा गम्भीर चोट रहेकाले रक्तस्राब भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पीडितको उजुरीका आधारमा घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१५ का सुरेन्द्र सिंह र वीर बम्जनलाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्...
मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...
प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा १ जना नेपाल प्रहरीका बहालवाला कर्मचारी छन् । विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूर गरेक...
पत्नी हत्या आरोपमा दोषी ठहर भएका सशस्त्र प्रहरी बल नेपालका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । बिहीवार सर्वाेच्च अदालतले पुरानो फैसला उल्ट्याउँदै कोइरालालाई थप जेल सजाय हुने फैसला गरेको थियो । स...
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ । प्रहरीले अछाम मंगलसेन न...
कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...