जेठ १३, २०७९
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रवार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । ...
काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।
आइतवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।
पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।
उनले स्थानीयवासीको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।
‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चावहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ,’ उनले भने, ‘पहिला पनि यहाँ स्थानीयको मागअनुसार चावहिल चोकको दक्षिणपट्टि एउटा पुल हामीले बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सराहना पनि गरे । यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चावहिल चोकको उत्तरपट्टि शिलान्यास गरेका हौँ ।’
उनले एउटा पुल मित्रपार्कमा पनि शिलान्यास गरिएको बताए । ‘यही बाटोमा एउटा पुल कम्प्लिट गरिसक्यौँ, एउटा कम्प्लिट हुने अवस्थामा छ । जयबागेश्वरीमा पनि शुरू भइसकेको छ, तार व्यवस्थापनका लागि केही समय लागिरहेको छ । त्यो पनि चाँडै सकिन्छ,’ उनले भने, ‘यो क्षेत्रमा नै ४ वटा पुल भइसकेपछि सडक दुर्घटना पनि कम हुने र पैदल यात्रीलाई धेरै सहज हुने अनुमान छ । स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौँ ।’
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्शनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइको हुनेछ । यसमा कार्यावेश रकम भ्याटसहित एक करोड ३० लाख ४२ हजार ५७८ रूपैयाँ छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ मा करेन्ट लागेर शुक्रवार १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय जीवानन्द मेहता रहेका सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । ...
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले सूर्यविनायक पाण्डुबजारस्थित म...
स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्धभत्ता अब घरघरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धालाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घरघरमै पुगेर वि...
मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित म...
कर्तव्य ज्यान मुद्दाका एक फरार आरोपीलाई प्रहरीले शुक्रवार भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटना...
काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...