×

NMB BANK
NIC ASIA

टर्की : उखान भनेपछि पक्राउ परिन् पत्रकार !

माघ ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्रपति रेचेप तैयिप एर्दोआनलाई लाइभ टीभीमा उखान भनेर अपमान गरेको आरोप छ । आफूविरुद्धको आरोप उनले खण्डन गरेकी छन् । आरोप प्रमाणित भएमा उनले एकदेखि चार वर्षसम्मको कैद सजाय पाउनेछिन् । 


Advertisment
Nabil box
Kumari

‘एउटा प्रसिद्ध उखान छ– मुकुट लगाएको शिर अझै बुद्धिमान् हुन्छ । तर त्यो सही नभएको हामी देखिरहेका छौं,’ उनले टेली१ च्यानललाई बताइन् । 

Vianet communication
Laxmi Bank

‘दरबारमा पस्दैमा साँढे राजा बन्दैन, बरू दरबार गोठ बन्छ,’ उनले थपिन् । 

पछि उनले ट्विटरमा पनि उक्त भनाइ राखिन् । 

एर्दोआनका प्रमुख प्रवक्ता फाहरेत्तिन अल्तुनले उनको टिप्पणी गैरजिम्मेवार भएको बताए । 

टेली१ च्यानलका सम्पादक मर्दान यानारदागले काबासलाई पक्राउ गरिएकोमा आलोचना गरे । 

‘एउटा उखान भनेको भरमा उनलाई बिहान २ बजे हिरासतमा लिनु अस्वीकार्य छ,’ उनले बताए । ‘पत्रकार, सञ्चारमाध्यम र समाजलाई त्रासमा राख्ने प्रयास हो यो,’ उनले थपे । 

एर्दोआन राष्ट्रपति बनेदेखि पत्रकारहरूमाथि व्यापक दमन गरिरहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x