जेठ १३, २०७९
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
बीमा कम्पनीहरूले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न पर्याप्त मात्रामा चासो नदेखाएपछि बीमा समितिले उनीहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागेको छ ।
बीमा समितिले यसअघि निर्जीवन बीमा कम्पनीहरूलाई कृषिबीमा गर्न जिल्ला तोकेको थियो । अहिले भने बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकेको हो ।
निर्जीवन बीमाको हकमा तत्काल नै यस सम्बन्धमा निर्देशन जारी गरिने बताइएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरिरहेका छन्, त्यही जिल्लामा बीमा साक्षरता कार्यक्रम गर्न निर्देशन दिइनेछ ।
जीवन बीमा कम्पनीहरूलाई जिल्ला छुट्ट्याउने काम भइरहेको बीमा समितिको भनाइ छ । समितिअनुसार जीवन बीमा कम्पनीहरूले जीवन बीमासम्बन्धी र निर्जीवन बीमा कम्पनीहरूले निर्जीवन बीमासम्बन्धी नै साक्षरता कार्यक्रम गर्नुपर्ने हुन्छ ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरूलाई बीमा साक्षरता कार्यक्रम गर्न जिल्ला तोकिन लागेको बताए । अबको केही दिनमा नै यस सम्बन्धमा निर्देशन जारी गरिने उनको भनाइ छ ।
‘बीमा साक्षरतालाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागेका हौं । निर्जीवन बीमा कम्पनीहरूले जुन जिल्लामा कृषिबीमाको कार्यक्रम गरेका छन्, त्यही जिल्लामै उनीहरूलाई यो जिम्मेवारी दिनेछौं,’ उनले भने, ‘त्यसअनुसार निर्जीवन बीमा कम्पनीहरूमा तत्कालै यो लागू हुनेछ । आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले खबर लेखेका छन् ।
काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको ...
‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...