जेठ १२, २०७९
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षे...
आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ ।
यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरुबाट रु पाँच करोड ५८ लाख ८० हजार ५६७ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु २० लाख १९ हजार २५० राजस्व सङ्कलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा रु ४४ लाख चार हजार ६६६ राजस्व सङ्कलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा रु आठ करोड ५९ लाख ६४ हजार ५०० राजस्व सङ्कलन भएको बताए । उनका अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६२७ मुद्दा दर्ता भएका छन् । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारीरुपमा जिल्लामा प्रहरी परिचाल गरिएपछि सो सफलता हासिल भएको उनले बताए ।
यसैगरी लागुऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर एक किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल तीन हजार ८७५ र मनोद्धिपक औषधि ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको सात लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट प्रहरीले नष्ट गरेको छ । रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । मन्त्री आले तथा राजदूत डिप्रेजबीच नेपालको उड्डयन क्षे...
भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ । भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जे...
नागरिक उड्डयन प्राधिकरणले २ कर्मचारीलाई प्रवन्धकमा बढुवा सिफारिस गरेको छ । प्राधिकरणको पदपूर्ति समितिले विष्णु प्रसाद अधिकारी र कैलाश कुमार शर्मालाई प्रबन्धकमा बढुवा गरेको हो । प्राधिकरणले बढु...
शेयर बजार मापक सूचक नेप्से बुधवार १४.३७ अंकले बढेको छ । बजार ०.६५ प्रतिशतले बढेर २२ सय ३१.५७ बिन्दुमा पुगेको छ । बजार बढेको भए पनि कारोबार रकम भने जम्मा १ अर्ब रूपैयाँको मात्रै भएको छ ।&nbs...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढ...
यही जेठ १५ गते सदनमा प्रस्तुत गर्ने बजेटलाई अर्थ मन्त्रालयले अन्तिम रूप दिइरहेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सदनमा प्रस्तुत गर्ने बजेट वक्तव्यलाई आजै अन्तिम रूप दिएर भोलि (शनिवार) छपाइमा पठाइँदैछ । आगा...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...