जेठ ७, २०७९
चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थि...
काठमाडाैं | माघ १०, २०७८
कोरोना संक्रमण बढेसँगै कारागार कार्यालय भरतपुरमा उच्च सतर्कता अपनाइएको छ । कारागार प्रशासनले कोरोना सर्न सक्ने देखिएको भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको छ ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भन्दै बन्द गरिएको हो । क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्दा समस्या आउने भन्दै उनले कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार बन्द गरिएको जानकारी दिए । सार्वजनिकस्थलमा स्थानीय प्रशासनले २५ जना भन्दा बढी जमघट र भेला हुन रोक लगाएको छ ।
कारागार कार्यालयले बाहिरबाट ल्याइएका कैदीबन्दीको कोरोना परीक्षण नगरी नबुझ्ने गरेको उनले जानकारी दिए ।
'पीसीआर परीक्षणको रिपोर्ट नभएसम्म कैदीबन्दी हामी बुझ्दैनौँ,' उनले भने ।
कारागार कार्यालयमा रहेका एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएसँगै उच्च सावधानी अपनाइएको उनले बताए ।
कारागार प्रशासनले बाहिरबाट नयाँ आएका कैदीबन्दीलाई र अस्पताल लग्नुपर्ने कैदीबन्दीलाई छुट्टै क्वारेन्टिनको समेत व्यवस्था गरेको छ । ३० जनाको क्षमता रहेको क्वारेन्टिनको व्यवस्था गरिएको उनले बताए ।
अहिले क्वारेन्टिनमा १३ कैदीबन्दी छन् । बाहिरबाट कारागारमा थपिने कैदीबन्दीको संख्या बढ्दै जाँदा यसलाई थप गर्न सकिने काफ्लेको भनाइ छ ।
२५ जना महिला र २५५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको यस कारागारमा अहिले ७१२ जना छन् ।
कारागारमा रहेका मध्ये ५० महिला र ६६२ पुरुष हुन् । उनीहरूसँगै दुई आश्रित बालिका छन् ।
कारागार कार्यालय भरतपुरमा विभिन्न २० मुद्दाका कैदीबन्दी रहेको काफ्लेले जानकारी दिए ।
चोरीको घटना अत्यन्तै न्यून हुने रसुवा जिल्लामा गए राति दर्जनौँ घर तथा भवनबाट सरकारी तथा निजी धनमाल चोरिएका छन् । जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार गए राति दक्षिणी रसुवाको कालिका गाउँपालिका–३ स्थि...
ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएक...
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...
सर्लाहीको कविलासी नगरपालिका ८ स्थित अगर्वाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका ६ बस्ने २१ वर्षिय सुनिल राई छन् । ...
प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रशासनतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बन्ने भएकी छन् । गृह मन्त्रालयको आज (सोमवार) बसेको बढुवा समिति बैठकले डीआईजी...
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरू पनि प्रहरीको सम्पर्कमा पुगेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको सम्पर्कमा ...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...