×

Dabur
Nic Asia
Marvel

मन्त्री यादवको स्पष्टोक्ति- मेरो अभिव्यक्तिको अपव्याख्या गरियो, अब सचेत रहनेछु

काठमाडाैं | माघ १०, २०७८

TVS INSIDE

हिंसा भड्काउने खाले अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सोमवार आफ्नो धारणा सार्वजनिक गरेकी छन् । आफ्नो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै धारणा सार्वजनिक गरेकी हुन् । उनले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रही ढंगले अपव्याख्या गरेको आरोप लगाएकी छन् । 

morang Auto yamaha

‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुरासयपूर्ण मानसिकताबाट नभई आपसी मुडभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उनले भनेकी छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

साथै उनले आफूले कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको पनि दाबी गरेकी छन् । 

आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा दुःख व्यक्त गर्दै उनले यसप्रति आगामी दिन सचेत रहने बताइन् । आफ्नो अभिव्यक्तिलाई सामान्यरुपमा लिन पनि अनुरोध गरेकी छन् । 

Vianet communication
Maruti inside

‘बलिदानी दिवस’को अवसरमा रौतहटमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले सीके राउतप्रति लक्षित गर्दै ‘गौर नरसंहार’ दोहोर्‍याउने अभिव्यक्ति दिएकी थिइन् । 

Mega
TATA Below
NLIC
असार २०, २०७९

नेकपा एमालेकी सांसद गंगा चौधरीले इन्स्पेक्टरसम्मको सरुवा, बढुवा गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने बताएकी छन् ।  सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद चौधरीले प्रदेशको अधिकारलाई केन्द्रबाट ख...

असार २०, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अमेरिकी सैन्य सम्झौता राज्य साझेदारी कार्यक्रम (एसपीपी) अगाडि बढाउन आफूले निर्देशन दिएको भए संसदमा प्रमाण ल्याउन चुनौती दिएका छन्। एसपीपील...

असार २०, २०७९

नेकपा एमालेकी सांसद गंगा चौधरी र वरिष्ठताका आधारमा सभापतित्वको भूमिका निभाएका सांसद मुकुन्द न्यौपानेबीच भनाभन भएको छ ।  सोमवार राज्य व्यवस्था तथा सुशासन समितिमा उनीहरूबीच भनाभन भएको हो ।  ...

असार २०, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विकृति अन्त्य गर्न जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली कायम गर्नुपर्ने बताएका छन् । उनले स्थिरता र बलियो सरकारको चाहनाबमोजिम नागरिकले तत्कालीन नेकपालाई झण्...

असार २०, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोमवार प्रतिनिधि सभालाई सम्वोधन गरेका छन् । समसामयिक विषयमा सम्वोधन गर्न ओलीले विशेष समय लिएका थिए । यसअघि जेठ १२ गतेको प्रतिनिधि सभा बैठकमा ओलीले ३ ...

असार २०, २०७९

जनता समाजवादी पार्टीका सांसद प्रदीपकुमार यादव अन्ततः मन्त्री बन्न सफल भएका छन्। उनी वन तथा वातावरण मन्त्री बनेका छन्। पर्साको वीरगञ्ज महानगरपालिका समेत रहेको संसदीय क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x