जेठ ९, २०७९
विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...
विराटनगर | माघ १०, २०७८
कीर्ते कागजात मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी नेकपा एमालेकी सांसद गुलेफुन खातुनलाई आसन्न राष्ट्रियसभा चुनावमा मतदान गराउने तयारी भएको छ ।
माघ १२ गते विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा चुनाव हुँदैछ । एमाले निकट स्रोतका अनुसार खातुनलाई मतदानस्थलसम्म सुरक्षित रूपमा ल्याउने जिम्मा पूर्व मुख्यमन्त्री शेरधन राई, संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री भीम आचार्य, प्रदेश सासद तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने र प्रदेश इन्चार्ज देवराज घिमिरेलाई दिइएको छ ।
प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले खातुन मतदाता भएकाले मतदानमा सहभागी हुने अधिकार भएकाले मतदानमा आउनसक्ने बताए ।
मोरङको तत्कालीन कदमाहा गाविस–२ मा ससुरा स्व. शेख धाइका मियाँको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि मधुसूदनराज पाण्डेको कित्ता नम्बर १०६, २५५ र सीता जोशी पाण्डेको कित्ता नम्बर ११० भएको ३ बिघा १० कट्ठा जग्गा नामसारी गर्न उनले सरकारी छाप र दस्तखत कीर्ते गरेर गाविसको सिफारिस कागज बनाएको मुद्दामा अदालतले दोषी ठहर गरेको छ ।
जिल्ला अदालतले २०७४ वैशाख ३१ गते खातुन र उनका पतिलाई १ वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि खातुनले २०७४ भदौ १९ गते उच्च अदालत विराटनगरमा जाहेरी दिएकी थिइन् ।
उच्चले खातुनसहित ३ जनाको हकमा कैदतर्फ जिल्लाकै फैसलालाई सदर गर्दै जनही १४ हजार ५८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
यता, मोरङ प्रहरीले खातुन आउने सूचना पाएपछि प्रहरी परिचालन गरेको छ । खातुनका लागि व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।
दोषी ठहर भएपछि खातुन प्रदेश सभामा आएकी थिइन् । संसदमा आउँदा समेत प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको थिएन ।
गृहमन्त्री बालकृष्ण खाँणले फरार सूचीमा रहेकी खानुत आउने भएकाले विशेष ध्यान दिन मोरङ प्रहरीलाई टेलिफोनमार्फत निर्देशन दिएका छन् ।
विराटनगर महानगरपालिकाको प्रमुखमा निर्वाचित नागेश कोइरालाले पदभार सम्हाल्दै करको दायरा बढाउने र करको दर घटाउन परामर्श समितिलाई निर्देशन दिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाअनुसार राजस्व पराम...
रूपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख खेलराज पाण्डेयले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिने पहिलो निर्णय गरेका छन् । बुटवलको प्रमुख समस्याका रुपमा भूमिहीन स...
राप्रपा नेपालले निर्वाचन आयोगसँग चुनाव चिह्न ‘गाई’ माग्ने निर्णय गरेको छ । सोमवार भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मध्यनजर गर्दै निर्वाचन आयोगस...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् । काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११ हजार १० मतको अग्रता लिएकी छन् । १ लाख १३ हजार ८७७ मत गन्दा रेनुले ४६ हजार २५५ मत पाएकी छन् । न...
मोरङका १७ वटै पालिकाका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, सुनवर्षी नगरपालिकाका श्याम राजवंशी, सुन्दरहरैँचाका केदारप्रसाद गुरागाईँ, रंगेलीका दिली...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...