जेठ ९, २०७९
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...
प्रतिबन्धित लागूऔषध बिक्री गर्ने पनौती नगरपालिका–२ का ४३ वर्षीय उद्धव सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
उद्धव फर्मेसीका सञ्चालक सापकोटाले चिकित्सकको आधिकारिक सिफारिस विना प्रतिबन्धित औषधि (नशालु पदार्थका रूपमा सेवन गरिने) बिक्री गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
केही दिनको निगरानीपश्चात आइतवार पक्राउ गरिएका सापकोटालाई सोमवार बरामद गरिएको ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित थप अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभाग काठमाडौं पठाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
उनका अनुसार सापकोटाको फार्मेसीबाट ९०३ ट्याब्लेट प्रेगाब्लिन क्याप्सुल र सोही फरक प्रकारको २०० ट्याब्लेट, ३ हजार ८९ अन्टिकोफ ट्याब्लेट, १ हजार १९० डाइसीक्लोमिन ट्याब्लेट, डाइसीक्लोमिन हाइड्रोक्लोरिड एक हजार २११ ट्याब्लेट, प्रोमेटाजिइन हाइड्रोक्लोरिड २४० ट्याब्लेट, प्रेगाब्लिन एण्ड मेथेलकोबालामिन क्याप्सुल १०० ट्याब्लेट र कोफट्याबलेट २०५ ट्याब्लेट बरामद गरिएको हो ।
यसअघि प्रहरीले २०७६ फागुन दोस्रो हप्ता पनौती नपा–६ स्थित एक घरमा डेरागरी बस्ने ३२ वर्षीया सुभद्रा तिमल्सिनाको कोठाबाट लुकाइछिपाई बिक्री वितरणका लागि दराजमा कपडाले बेरेर राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गरेको थियो ।
काभ्रेपलाञ्चोक लगायत छिमेकी जिल्ला तथा राजधानीका विभिन्न स्थानमा बिक्री हुने प्रतिबन्धित लागूऔषध मध्यपहाडी क्षेत्रअन्तर्गतको राजमार्गबाट तस्करी हुने प्रहरीको रेकर्डबाट देखिन्छ । – राजकुमार पराजुली/रासस
सौन्दर्य प्रतियोगिताको नाममा नाबालिग बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध पीडितले अदालतमा बयान दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिएको काठमाडौं अपराध अनुस...
नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा उत्तमराज सुवेदी बढुवाका लागि सिफारिस भएका छन् ।&n...
ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएक...
मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न स्थानबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ ...
सर्लाहीको कविलासी नगरपालिका ८ स्थित अगर्वाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका ६ बस्ने २१ वर्षिय सुनिल राई छन् । ...
ओखलढुंगामा एक किशोरी अचेत अवस्थामा फेला परेकी छन् । शनिवार राति १९ वर्षीया किशोरीलाई प्रहरीले अचेत अवस्थामा जंगलमा फेला पारेको हो । उनको टाउकोमा चोट देखिएको छ, बलात्कार गरेर फालेको हुन ...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...