जेठ १५, २०७९
हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ज...
काठमाडाैं | माघ १०, २०७८
नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ ।
आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउनका लागि डा. शेखर कोइरालाले आफू निकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए ।
संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।
कतिपय नेताहरू राष्ट्रिय सभाको निर्वाचनका लागि काठमाडौं बाहिर रहेका र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने र पार्टी सभापतिसँग छलफल गर्ने निष्कर्ष निकालिएको भर्चुअल संवादमा सहभागी नेता बलबहादुर केसीले बताए ।
निर्वाचनको सम्बन्धमा गठबन्धका नेताहरूले विभिन्न धारणा बाहिर ल्याएको तर कांग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औंल्याएका थिए ।
त्यसबाहेक पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै त्यसमा नेताहरूले असन्तुष्टि पनि व्यक्त गरेका संवादमा सहभागी एक नेताले बताए ।
पार्टी सभापतिले राष्ट्रिय मुद्दामा पार्टीमा छलफल गर्न नचाहेको र केही सीमित मान्छेको भरमा परेको नेताहरूले छलफलमा बताएका थिए ।
त्यसैगरी, सरकारका कामबारे समेत पार्टीमा छलफल नभएको भन्दै पार्टी सभापतिसँग गम्भीर रूपमा छलफल गर्नुपर्ने निष्कर्ष भर्चुअल संवादमा निकालिएको एक नेताले जानकारी दिए ।
हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा ज...
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा मूल्य घटाउने सरकारको निर्णय यथाशीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ...
जनताको काम गर्नेले कहिल्यै हार्नु पर्दैन भन्ने उदाहरण हुन् तेह्रथुमको लालीगुराँस नगरपालिका-९ का वडाध्यक्ष अम्बरबहादुर गुरुङ । २०४३ सालयता उनी लगातार जनप्रतिनिधि निर्वाचित हुँदै आएका छन् । २५ वर्षको उमेरमा प्रध...
कास्कीमा क्रियाशील पाँचदलीय गठबन्धनले गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न गठन गरिएको कार्यदल भङ्ग गर्न माग गरेको छ । पाँचदलीय गठबन्धन...
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को विरोधी नभएको त्यसका बारेका विस्तृत छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताएका छन् । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ द...
आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संघीय संसदको दुवै सदनलाई संयुक्त रुपमा सम्बोधन गरेर सरकारको नीति ...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...