×

Nic Asia
Marvel

अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द

संखुवासभा | माघ १०, २०७८

NTC
TVS INSIDE


जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ ।


Advertisment
NMB BANK
Saurya island

 आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनको भनाइ छ । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोप अभियान भने यथावत सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्खुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको सङ्ख्या १४१ पुगेको छ । हालसम्म ४७ जना निको भएका छन् ।

त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण  जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गतेसम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए ।

Vianet communication
Maruti inside

 मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्थानीयवासीको सुझाव छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।रासस

TATA Below
NLIC
fman
जेठ ८, २०७९

रुसी सेनाले पोपास्नाया शहर नजिक युक्रेनी सेनाको अग्रपंक्तिलाई भत्काएको अनि लिसिचान्स्क र सेभेरोडोनेत्स्कमा युक्रेनी सेनाको समूहलाई एक्ल्याएको अस्ट्रियाली सैन्य विश्लेषक टम कूपरले बताएका छन् ।  रुसी सैनिकहरू...

जेठ ९, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् ।  जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...

जेठ ८, २०७९

रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।  मेयर आन्द्रे शेव्चिक र उनका अं...

जेठ ९, २०७९

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)का वरिष्ठ अधिकृतलाई आइतवार तेहरानमा बन्दूकधारीहरूले घरबाहिर हत्या गरेका छन् ।  कर्नेल हुन सैयद खोदायारीलाई उनकै कारमा पाँचवटा गोली हानिएको थियो । ...

जेठ ९, २०७९

बेलायती गुप्तचर संस्था एमआई६का पूर्वप्रमुख सर रिचर्ड डियरलभले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई सन् २०२३ मा सत्ताच्युत गरिने र उनी दीर्घरोगबाट थलिएर अस्पतालमा भर्ना गरिने दाबी गरेका छन् ।  युक्रेन युद्धमा...

जेठ ९, २०७९

अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्‍याएको छ ।  अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डिय...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x