जेठ ९, २०७९
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...
काठमाडाैं | माघ १०, २०७८
नेपाली कांग्रेसको शेखर कोइराला समूहले आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा आफ्नो समूहको साझा धारणा बनाउनका लागि डा. कोइरालाले सोमबार आफू निकट नेताहरुसँग भर्चुअल संवाद गरेका हुन् ।
उक्त संवादमा उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरु, अर्जुन नरसिंह केसी, डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, डा. रामशरण महत लगायतका नेताहरू सहभागी भएका थिए ।
निर्वाचनको सम्बन्धमा गठबन्धनका नेताहरुले विभिन्न धारणा बाहिर ल्याएको तर, काँग्रेसले निर्वाचनको सम्बन्धमा आधिकारिक धारणा बनाउन नसकेको उनीहरूले औँल्याएका थिए ।
संविधान र निर्वाचन कानूनमा भएको व्यवस्था कार्यान्वयन गराउन आगामी वैशाखमै स्थानीय तहको निर्वाचन हुनुपर्ने र त्यसलाई विभिन्न बाहनामा सार्ने प्रयास भएमा मान्य नहुने निष्कर्ष निकालिएको संवादमा सहभागी एक नेता बलबहादुर केसीले बताए ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएको र त्यसले कांग्रेसलाई बेफाइदा हुने कुरा पनि छलफलको क्रममा आएको नेताहरुले बताएका छन् । कतिपय निकटस्थ नेताहरू राष्ट्रिय सभाको निर्वाचनको लागि काठमाडौं बाहिर रहेको र उनीहरू काठमाडौं फर्किएपछि थप छलफल गरेर आफ्नो समूहको धारणा बनाउने पनि नेता केसीको भनाइ छ । त्यसपछि पार्टी सभापतिसँग पनि छलफल गर्ने निष्कर्ष निकालिएको केसीले बताए ।
त्यसबाहेक, सभापति देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै त्यसमा असन्तुष्टि पनि नेताहरुले व्यक्त गरेको संवादमा सहभागी अर्का एक नेताले बताए । पार्टी सभापतिले राष्ट्रिय मुद्दामा पार्टीमा छलफल गर्न नचाहेको र केही सीमित मान्छेको भरमा परेको नेताहरुले छलफलमा बताएका थिए ।
सरकारको कामको बारेमा समेत पार्टीमा छलफल नगरेको भन्दै देउवासँग गम्भीर रूपमा छलफल गर्नुपर्ने पनि नेताहरुले बताएका थिए ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका धनराज आचार्यले ५० हजार भोट कटाएका छन् । सोमवार दिउँसोसम्मको गणनामा आचार्यले ५० हजार ६१२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेक...
नेपाली कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको नतिजाबाट सन्तुष्ट रहेको बताएको छ । चुनावी नतिजाले राष्ट्रिय चुनावमा गठबन्धनको आधार तय भएको कांग्रेसको निष्कर्ष छ । पार्टी केन्द्रीय कार्यालय सान...
नेपाल प्रहरीका नायव महानिरीक्षक वसन्त लामालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारले गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकको जानकारी गराउन सोमवार सिंहरदबारमा आयोजित पत्रकार सम्म...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४७ हजार नजिक पुगेको छ । सोमवार दिउँसो पौने ४ बजेसम्म एक लाख ३७ हजार ४५२ मत गन्दा बालेनले ४६ हजार ९६६ मत ल्याएका हुन्...
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको नतिजाले गठबन्धन सफल भएको र आमनिर्वाचनमा पनि चुनावी तालमेल हुने बताएको छ । स्थानीय चुनावको नतिजाले तालमेलको आधार बनाएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ब...
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गलत कामको असर कांग्रेसलाई पनि परेको दाबी गरेका छन् । काठमाडौंलगायत शहरमा स्वतन्त्र उम्मेदवार आउनु ओलीको गलत क...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...