×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

मैदानमा आए वर्षमान, को बन्ला माओवादीको महासचिव ?

माघ ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन विदेशमा करिब ४ महिना लामो उपचारपश्चात सोमबार साँझ नेपाल फर्किए। चीनबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले आफू महासचिवको सशक्त दावेदार रहेको सन्देश दिन भ्याए । अर्का नेता जनार्दन शर्मा पनि महासचिवको दौडमा रहेका बेला पुनले यस्तो सन्देश दिएसँगै सो पार्टीमा महासचिव चयन गर्न थप सकस पर्ने देखिएको छ ।

Muktinath Bank

पुस तेस्रो साता महाधिवेशनको समापन गरेको माओवादी केन्द्रले केन्द्रीय कमिटी र त्यसलगत्तै केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्डलाई चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको छैन । नेताहरुको व्यवस्थापनमा समस्या भएपछि हालसम्म पनि माओवादीले पदाधिकारी चयन गर्न नसकेको हो । अध्यक्ष प्रचण्डले सहमतिमै पदाधिकारी चयन गर्ने बताउँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहीबीचमा पुनले आफू यसअघि नै सचिव भइसकेकाले महासचिवको स्वाभाविक दाबेदार भएको बताएका हुन् । उनले आफू स्वास्थ्यको हिसावले पूर्णरुपमा ठीक भएको पनि बताएका छन् भने सहमति नभएको खण्डमा चुनावको फेस गर्न तयार रहेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु’, उनले भने, ‘पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिएँ । मलाई विश्वास छ, पार्टीले सहमतिमै टुङ्गो लगाउनेछ ।’
यसअघि पुनले चीनबाटै पनि महासचिवमा दावी गरेका थिए । माओवादीले पदाधिकारी चयन गर्ने प्रयोजनका लागि आगामी माघ २७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । त्यसका लागि आवश्यक तयारी गर्न प्रचण्डले गत शुक्रबार नै सर्कुलरमार्फत निर्देशन दिइसकेका छन् ।
००००
अध्यक्षमा प्रचण्डलाई टक्कर दिने नेता कोही नदेखिएकाले उनी ‘निर्विकल्प’ अध्यक्ष बने ।  तर महासचिवमा भने उनकै विश्वासपात्र नेताहरुसहितका आकांक्षी रहेकाले व्यवस्थापन गर्न सकस परेको छ ।  महासचिवको दौडमा जनार्दन शर्मा, वर्षमान पुन सबैभन्दा अगाडि छन् तर दुबै नेता प्रचण्डका विश्वासपात्र हुन् । उनीहरुलाई मिलाउन प्रचण्डलाई सकस पर्ने निश्चित देखिएको छ । कि त चुनावमा जानुपर्यो कि त प्रचण्डले एकलाई चिढ्याउनु पर्ने अवस्गा छ, यही दोसाँधमा प्रचण्ड रहेको नेताहरुको भनाइ छ ।  यस्तै विकल्पमा प्रचण्डले सहमतिमै पम्फा भुसाल, कृष्ण बहादुर महरा, देव गुरुङ वा शक्ति बस्नेत मध्येबाट एकलाई महासचिव छान्न सक्ने बाटो पनि छ । महासचिवलाई भावी अध्यक्षका रुपमा समेत हेरिने गरिएकाले पनि नेतृत्व निर्माणको चरणमा यो सवाल पेचिलो बनेको हो ।

Vianet communication
Laxmi Bank

माओवादीको महासचिव छान्न सकसबारेको यो समाचारसहित लोकान्तर राउण्ड अपमा स्वागत छ । लोकान्तर राउण्ड अपमा हामी पछिल्लो २४ घण्टाका प्रमुख समाचारलाई समेट्ने गर्छौँ ।

अन्य अन्य समाचार शीर्षकः

नेपाली कांग्रेसको डा शेखर कोइराला समूहले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनमा लतारिएका र त्यसले कांग्रेसलाई घाटा गर्ने निष्कर्ष निकालेको छ । आगामी निर्वाचनको सन्दर्भमा पार्टीको आधिकारिक धारणा बनाउनका लागि डा। शेखर कोइरालाले आफू निकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । संवादमा महामन्त्री गगनकुमार थापा, नेताहरू अर्जुन नरसिंह केसी, डा चन्द्र भण्डारी, डा मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायत रहेका थिए ।
००००
पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार २०१ नमूना परीक्षणमध्ये ८०५४ पीसीआर र २२६५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६५९ छ । मन्त्रालयका अनुसार थप २५४० जना संक्रमणमुक्त भएका छन् ।
००००
शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ । साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् ।
सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो ।
००००
सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रूपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले सोमवार आईओसीलाई १३ अर्ब २० करोड पठाएको छ ।
००००
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
००००
नेपाल सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको २० औँ स्मृति दिवस तराई मधेसका जिल्लाहरुमा मनाइएको छ । अनिल महासेठ संयोजक रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले ‘मधेस प्रदेश नामकरण र गजेन्द्रनारायण सिंह’ विषय अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्मृति दिवस मनाएको हो ।
००००
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रको लगानी दुई गुणाले बढाउन आग्रह गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x