असार १९, २०७९
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
काठमाडाैं | माघ ११, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला बतास समूहबाट फिर्ता लिने निर्णय गरेका छन् ।
मन्त्री आलेले मंगलवार मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फर्म बतास समूहसँग सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् ।
‘छानबिन समितिले गरेको सिफारिसको आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको हुँ,’ मन्त्री आलेले लोकान्तरसँग भने ।
मन्त्रीकै निर्देशनमा पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो भएको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
पशुपति विकास कोष र बतास समूह अन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महंगो मूल्य लिने गरी होटलको रूपमा धर्मशाला सञ्चालन गर्दै आएको थियो ।
समितिको प्रतिवेदनमा भनिएको थियो, ‘धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने करीब १ वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति बेगर धर्मशालाको भित्री भौतिक संरचना र बाहिरी खाली भागमा विभिन्न संरचनाहरू निर्माण गर्ने जस्ता कार्यहरू गरी सम्झौताको उल्लंघन गरी शर्तहरू पालना नगरेकाले कानून बमोजिम सम्झौता भंग गर्नुपर्छ ।’
सिफारिसको आधारमा मन्त्री आलेले धर्मशालासँगको सम्झौता रद्द गर्ने निर्णय गरेका हुन् । छानबिन समितिको प्रतिवेदनमा बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र हुने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुनसक्ने देखिएको उल्लेख गरेको थियो ।
नेकपा एमाले सहितका ५ राजनीतिक दलले आज आइतवार अछाममा सवारीसाधन बन्द गराएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय बिनोद शाही मृत भेटिएको घटनाका आरोपीलाई प्रहरीले पक्राउ...
नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा रहने सदस्यहरुको संख्या बढाएको छ । आइतबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले थप केन्द्रीय सदस्यहरुलाई पथ तथा गोपनीयताको शपथ दिलाएका हुन् । गत महाधिवेशनमा माओवादील...
२०७४ सालको प्रतिनिधि सभा चुनावमा ‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि धनगढीमा घर नै किनेर चुनावी अभियान थालेकी प्रधानमन्त्रीपत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवाले यसपटक मिति घो...
नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ । सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो । निगमले ...
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत अवस्थामा कर्मचारी भेटिएपछि उत्पन्न भएको तनाव साम्य भएको छ । आइतबार राति स्कुल प्रशासन र मृतक रमा रायमाझीको परिवारबीच सहमति भएसँगै तनाव साम्य भएको हो । छलफल...
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवेन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्काउन कुराकानी चलिरहेको बताएका छन् । उनी मूल पार्टीमा फर्किन तयार रहेको समेत पौडेलले दाबी गरे । ...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...