×

NMB BANK
NIC ASIA

‘मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई चलायमान बनाऔं’

माघ १२, २०७८

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

कोभिड १९ को तेस्रो भेरियन्ट ‘ओमिक्रोन’को महामारी शुरू भएसँगै मुलुकमा ‘स्मार्ट लकडाउन’ थालिएको छ ।

Muktinath Bank

स्मार्ट लकडाउनअन्तर्गत काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा अहिले जोरविजोर प्रणाली लागू भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै सरकारले मनोरञ्जका क्षेत्र, चलचित्र हल लगायत बन्द गर्ने निर्णय केही दिनअघि नै गरिसकेको छ ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य मन्त्रालयका अनुसार, नेपालमा लक्षित जनसंख्याको ६५.८ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।

Vianet communication
Laxmi Bank

सरकारले १८ वर्ष वा सोभन्दा माथिको उमेर समूहलाई लक्षित समूह भनेको छ । मंगलवारसम्ममा सरकारले लक्षित समूहको ६५.८ प्रतिशत पूर्ण मात्रामा खोप लगाइसकेको जनाएको छ भने ८२.० प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएको तथ्यांक सार्वजनिक गरेको छ ।

कुल जनसंख्याकै कुरा  गर्ने हो भनेपनि ४३.१ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् भने ५३.८ प्रतिशतले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

ओमिक्रोनको प्रभाव कम 

कोरोना महामारीको पहिलो र दोस्रो लहरका समयमा जस्तो तेस्रो लहरमा अस्पतालमा बिरामीको चाप कम छ । अर्थात न्यूनप्रायः नै रहेको चिकित्सकहरू बताउँछन् । 

दोस्रो लहरको डेल्टा भेरियन्टको अहिले तेस्रो लहरमा ओमिक्रोन भेरियन्टको असर कम देखिएकाले अस्पतालमा बिरामीको उपस्थिति पनि कम रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कोभिड विभाग प्रमुख डा. सन्तकुमार दास बताउँछन् । 

उनका अनुसार, अस्पतालमा उपस्थित भएकामध्ये पनि अधिकांश अन्य रोगको उपचारका लागि आएका बेला परीक्षण गर्दा कोरोना देखिएकाहरू छन् ।

‘ओमिक्रोनले सामान्य लक्षणहरू मात्र देखाएको छ । त्यो पनि ३ देखि ५ दिनसम्ममा निको हुने भएकाले बिरामीहरूलाई खासै अस्पताल आउनुपर्ने देखिएको छैन,’ डा. दासले लोकान्तरसँग भने, ‘घर बसेर आराम गर्दा आफैँ निको हुन्छ ।’

मापदण्ड पूरा गरेर अर्थतन्त्र चलायमान बनाऔँ 

सरकारले अहिले स्मार्ट लकडाउन गरेपछि बजारमा भीड कम देखिएको छ ।

बजार गतिशिल हुन नपाउँदा अर्थतन्त्रको गतिशिल हुने दरमा गिरावट आउने सरोकारवालाहरूले चिन्ता देखाएका छन् । 

कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि अपनाउने उपाय अर्थतन्त्र पुनः धरासायी नहुने गरी खोज्न पनि निजी क्षेत्रले आग्रह गरेको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अर्थतन्त्रलाई त्रसित हैन चलायमान हुनेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अग्रवालले भने, ‘कोरोना बढे पनि अहिलेको ओमिक्रोन पहिलेको डेल्टा भेरियन्टजस्तो बढी प्रभाव पार्ने खालको देखिएको छैन । तर पनि सरकारले खोपको मात्रा बढाउने, बुस्टर डोज दिने र विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षा मापदण्ड अगाडि बढाएर भने जानुपर्छ ।’

यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सीसीएमसीमार्फत सरकारलाई अर्थतन्त्र ठप्प हैन चलायमान राखिरहन हरेक व्यावसायिक संस्थाले छुट्टाछुट्टै र सामूहिक सुझाव दिएको बताए । 

हवाई उडानमा पनि असर 

सरकारले हवाई उडानमा पनि यात्रुहरूको खोप कार्ड अनिवार्य गरेको छ । 

प्रतिकुल मौसम र कोरोना महामारीको दोहोरो मारमा परिरहेको हवाई उडान पनि सरकारले भीडभाड कम गर्न निर्देशन दिएसँगै प्रभावित बनेको छ । 

बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले अहिले आन्तरिक उडानलाई चलायमान बनाउनका लागि अर्थतन्त्र नै चलायमान हुनुपर्ने बताउँछन् । 

एयरलायन्समा संक्रमणरहित उडान हुने भन्दै यसलाई विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेको उनी बताउँछन् । 

‘विभिन्न अध्ययनहरूले पनि देखाएका छन् की हवाई उडानमा ०.०० प्रतिशत नै संक्रमण दर पाइएको थियो । हवाइ उडान गाडी चढेजस्तो होइन,’ उनी भन्छन्,‘यसमा प्रोटोकल छ, अनलाइनबाट टिकट बुकिङ हुन्छ , सामाजिक दूरी र मास्क अनिवार्य गरिन्छ । उडानपिच्छे सरसफाई गरीन्छ । संक्रमणरहित सरसफाइ गरिन्छ, जुन विश्व स्वाथ्य संगठन र आईकाओको निर्देशिका बमोजीम हुन्छ । त्यसैले उडानका क्रममा कोरोना सर्दैन ।’ 

प्रवक्ता कर्णले खोेप कार्ड र मापदण्ड पूरा गरेर आर्थिक गतिविधि गर्न खुला गर्नुपर्नेमा जोड दिए । 

‘बुद्ध एयर पहिलो एयरलायन्स हो जसका कर्मचारीहरू फूल्ली भ्याक्सीनेटेड छौँ । हामीले बुस्टर डोज खोप पनि लगाइसकेका छौँ, त्यसकारण हामी सुरक्षित छौँ,’ उनले भने,‘यात्रुहरू सुरक्षित हुँदै काम गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, अर्थतन्त्रलाई गति दिन पनि अहिले चलायमान हुनुपर्ने आवश्यकता छ ।’

तेस्रो भेरियन्टको कम असर भएको र लक्षित समूहमा खोपले व्यापकता पाइसकेको अवस्थामा अर्थतन्त्रलाई संकुचन पार्ने गरी सरकारले निर्णय गर्न नहुनेमा कर्णले जोड दिए ।

कर्णले विदेशका विभिन्न मुलुकहरूले समेत अहिले प्रोटोकल प्रयोग गरेर अर्थतन्त्र चलायमान बनाउँदै लगेको भन्दै नेपालमा पनि अब मापदण्ड प्रयोग गरी अर्थतन्त्र चलायमान गर्नुको विकल्प नरहेको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x