असार २३, २०७९
बिहीवार दोलखा, रोल्पा लगायतका विभिन्न ५ जिल्ला हुँदै बहने नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीवार बिहान एक विज्ञप्ति जारी गर्दै दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, द...
सरकारले भिजिट भिसा उपलब्ध गराउन मापदण्ड बनाउने भएको छ । भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेका सन्दर्भमा बास्तविक स्थितिको विष्लेषण र त्यसबाट सिर्जित समस्याका विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गठित समितिलाई उक्त मापदण्ड बनाउने जिम्मा दिइएको हो ।
गृह मन्त्रालयका सहसचिव फडिन्द्रमणि पोखरेलको संयोजकत्वमा उक्त समिति बनाइएको छ । समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन्। समितिको सदस्य सचिवमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका उपसचिव दिनबन्धु सुवेदी रहेका छन् ।
समितिलाई भिजिट भिसा उपलब्ध गराउन चाहिने मापदण्ड बनाउनेसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणालीमा सुधार, अन्तर्राष्ट्रिय उडान तालिकामा सुधार, ट्रान्जिट यात्रुको व्यवस्थापन, श्रमिक विदेशमा रहँदा भोगेका समस्या समाधानलगायत विषयमा सुझावसहितको प्रतिवेदन पेश गर्न १५ दिनको कार्यादेश दिइएको गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जनाइएको छ ।रासस
बिहीवार दोलखा, रोल्पा लगायतका विभिन्न ५ जिल्ला हुँदै बहने नदीहरूमा बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बिहीवार बिहान एक विज्ञप्ति जारी गर्दै दोलखा, रोल्पा, सल्यान, रुकुम पश्चिम, द...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिङ्ग बनेको छ। भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन। ...
चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानी...
फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौं महानगरपालिकाले स्पष्ट पारेको छ। महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितर...
मकवानपुरको भीमफेदी गाउँपालिकामा बसाइँसरी आउनेभन्दा पालिकाबाट बसाइँसरेर जानेको संख्या तीनगुणा बढी छ। आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार गाउँपालिकामा बसाइँसरी आउने परिवार संख्या २९ रहेको छ भने ग...
करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्युयार्क महानगरमा त्यसको लिलामी हुने लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ । करिब सात करोड ६० लाख वर्ष ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...