जेठ ९, २०७९
६ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहेका छन् । १८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन् । ...
मोबाइल फोनबाट दिनहुँ सम्पर्क गरेर विवाह गर्ने भन्दै ललाइफकाइ गरी भारततर्फ बेच्न लैजाँदै गरेकी बैतडी घरभएकी १४ वर्षीया बालिकालाई प्रहरीले वीरगञ्जबाट उद्धार गरेको छ ।
मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची, सन्धिखर्क नगरपालिका–७ घरभई हाल चितवन भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ ७ गतेदेखि बैतडीबाट सम्पर्कविहीन भएकी बालिकाको अनुसन्धान एवं खोजतलास गर्ने क्रममा प्रहरीले सोमबार पर्सा वीरगञ्ज महानगरपालिका–१६ स्िथत शङ्कराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकाको उद्धार गरेको छ ।
१४ वर्षीया बालिकाको साथमा रहेका राजु अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग एक महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाएर अर्घाखाँची लगी विवाह गर्ने भन्दै विभिन्न स्थान हुँदै झुक्याएर वीरगञ्ज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको छ ।
अधिकारीलाई जिल्ला अदालत पर्साबाट सात दिन म्याद थपको अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।
६ वर्ष मलेसिया बसेर फर्केका दक्षिण ललितपुर मानिखेलका राजेश घिमिरे पाँच वर्षदेखि पशुपालनमा रमाइरहेका छन् । १८ वटा भैँसी र एउटा गाई पालिरहेका घिमिरे दैनिक एक सय लिटरभन्दा बढी दूध बिक्री गर्छन् । ...
पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या दैनिक दुई हजार नाघ्दासमेत चिनियाँ पर्यटकको सङ्ख्या बढ्न सकेको छैन् ।नेपाल–चीनबीच सिधा हवाई सेवा सञ्चालनमा आउन नसक्दा चिनियाँ पर्यटक बढ्न नसकेका हुन् ।...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेर नेपालमा पनि त्यसको चाप परेपछि सरकार पेट्रोलियम पदार्थको मूल्य घटाउने र उपभोग कम गर्ने दोहोरो दबाबमा परेको छ । नेपाल आयल निगमले एक सातामा न...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...