×

NMB BANK
NIC ASIA

एकान्तकुना यातायात कार्यालयमा मन्त्री दाहालले गरे अनुगमन

माघ १३, २०७८

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यातायात सेवालाई चुस्त–दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरू अघि बढाउनुपर्ने भएकाले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक काममा मात्रै नभई कानूनी कामलाई पनि अघि बढाएर लैजाने उनले बताए । मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकाले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।


Advertisment
Nabil box
Kumari

उनले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्नका लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए ।

Vianet communication
Laxmi Bank

मन्त्री दाहालले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरूको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरू हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरू छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौं । ठूला ढड्डाहरूलाई सधैं सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा, कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ । त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौं । अर्को समस्या भनेको जसले लाइसेन्स लिनुभएको छ, त्यतिबेला त्यो लाइसेन्सको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले लास्टमा सही गर्ने बेलामा कतै न कतै त्रुटि गरेका छन् । त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौं । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरू पनि समस्या भोगिरहेका छन् । एकातिर हेर्दा उहाँहरूसँग स्मार्ट लाइसेन्स छ । यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ । त्यो समस्या छ । यातायात क्षेत्रमा अलि बढी कार्यालयमा पनि ती समस्या आई नपुग्ने, बीचमा केही मान्छेहरूले कार्यालयहरूलाई बदनाम गराउनतिर अलि बढी खोजे बिचौलियाहरूले । बिचौलियाहरूलाई रोक्नका लागि हामीले कार्यालयलाई पनि कडा निर्देशन गरेका छौं । पत्रकारहरूले पनि बेलाबेलामा आएर बिचौलियाहरूको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरूले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ । त्यो हुँदा कतिपय डुब्लिकेसनलाई पनि रोक्न सक्छौं ।’

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढिरहेकाले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x