जेठ १४, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को विरोधी नभएको त्यसका बारेका विस्तृत छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताएका छन् । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ द...
कास्की | माघ १३, २०७८
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीवार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा उनले प्रदेशलाई देशका अन्य प्रदेशमध्येमा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरूप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत मिठासपूर्ण व्यवहार हुन सके राम्रो सन्देश जानेछ । गण्डकी प्रदेशमा हिजोको परम्परा प्रतिपक्षी दलले निभाउने विश्वास गरेको छु ।’
सो अवसरमा मुख्यमन्त्री पोखरेलले निर्वाचित सदस्यले संविधानको व्यवस्था अनुसार ६ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, नेकपा एमालेका प्रदेश अध्यक्ष नवराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ तथा प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाको बुधवार सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी भएका थिए ।
विजयी तीनै जना उम्मेदवारलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को विरोधी नभएको त्यसका बारेका विस्तृत छलफल गरेर निर्णयमा पुग्नुपर्ने बताएका छन् । संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ द...
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा गर्न आफूहरू सफल भएको बताएका छन् । शनिवार संसदमा बैठकमा सम्बोधन गर्दै देउवाले भने, ‘हाम्रो प्रयासबाट संविधानको रक्षा भएको छ ।’ उनले यसअघि...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सामाजिक न्यायसहितको समृद्ध प्रदेश बनाउन सक्नुपर्ने बताएका छन् । त्यसपछि मात्रै प्रदेशका नागरिकले वास्तविक गणतन्त्र आएको अनुभूति गर्न पाउने उनले बताए । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणका लागि अगाडि बढ्न आग्रह गरेका छन् । ...
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि सांसदले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् । आगामी आर्थिक वर्षको लागि सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम माथिको छलफल सम्पन्न भएपछि पुनः बसेको बैठकमा...
कास्कीमा क्रियाशील पाँचदलीय गठबन्धनले गण्डकी प्रदेश सरकारले प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा र सुरक्षा उपलब्ध गराउनका निम्ति कानुनी मस्यौदा तयार गर्न गठन गरिएको कार्यदल भङ्ग गर्न माग गरेको छ । पाँचदलीय गठबन्धन...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...